रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा “दशैँ र दिपावली शुभकामना आदान प्रदान कार्यक्रम” गर्ने

महेश्वर शर्मा
सिड्नी,अष्ट्रेलिया
नजिकिँदै गरेका हाम्रा चाढ पर्बहरुले प्रवासमा रहेका थुप्रै नेपालीहरुलाई एकजुट गराउन मद्दत गर्दछ।त्यति मात्र होईन नेपालीहरुबिच एक आपसमा भाईचारा कायम गर्दै नेपाली पनलाई बचाई राख्न सहयोग गर्दछ।आउंदो पुस्तालाई हाम्रै संस्कृती र चाढ पर्बको महत्व र आफ्नो पन सिकाउनु हाम्रो दायित्व पनि हो। यस्तै अष्ट्रेलियामा रहेको परोपकारी संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले सिड्नीमा “दशैँ र दिपावली शुभकामना आदान प्रदान कार्यक्रम” गर्ने भएको छ।

image
यस अघि थुप्रै परोपकारी कार्यक्रम गरिरहेको संस्था रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले यसपाली थुप्रै नेपालीहरूलाई शुभकामना आदान प्रदानको लागि एकजुट गराउंदै छ।अष्ट्रेलिया सिड्नीमा रहेका थुप्रै नेपालीहरुलाई एकजुट बनाउँदै दशैँ र दिपावलीको शुभकामना आदान प्रदान गर्ने उदेश्य रहेको सो कार्यक्रमा स-साना नानी बाबुहरुको लागि मनोरञ्जन तथा गित संगितको व्यवस्था,साथै बाबिक्यु पनि रहेको बताईएको छ।२३ अक्टुबर २०१६ आईतबार दिउंसो १२ बजे देखि सुरुहुने सो कार्यक्रम प्रिन्सेस हाईवेको केन्ड्रिक पार्क टेम्पीमा हुने भएको छ। निशुल्क प्रवेश रहेको सो कार्यक्रमको थप जानकारीको लागि
ईश्वर पोखरेल :0410441412
कृष्ण गैरे :0434057761
महेश्वर शर्मा : 0425800382
रोशन कोईराला: 0431064779
मा फोन सम्पर्क गर्न सकिने छ।
साथै
ईमेल: info@rsna.org.au
रहेको छ।

सम्बन्धित शिर्षकहरु