पशुपति बौद्ध धाम तथा विश्व शान्ति आश्रममा दशैँ विशेष कार्यक्रम सम्पन्न
पशुपति बौद्ध धाम तथा विश्व शान्ति आश्रममा यस वर्षको दशैँ पर्वको अवसरमा विशेष ध्यान–योग तथा प्राकृतिक चिकित्सा शिविर भव्य रूपमा सम्पन्न भएको छ।
यस अवसरमा डब्बो, बाथर्स्ट, ओरञ्ज, काउरा र सिड्नीका नेपाली तथा गैर–नेपाली समुदायहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको क्रममा तपोधाम व्यवस्थापन समितिको तर्फबाट आफ्ना शुभकामना र विचारहरू प्रकट गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक योगी आचार्य राजन शर्माले योग चिकित्सा, माटो चिकित्सा, नाडी परीक्षण, योग ध्यान तथा जीवन शान्ता पार्ने प्रवचन प्रस्तुत गर्दा सम्पूर्ण उपस्थित सहभागीहरू भाव–विह्वल बनेका थिए। उहाँले जीवनका सत्य–तत्त्वहरूको बोध गर्ने, योग–ध्यान र प्राकृतिक चिकित्सा साधनामा सबै नेपालीहरूले गर्व गर्ने एक उत्कृष्ट गन्तव्य स्थलको रूपमा आश्रमलाई चिनाउनुभयो।
यसै अवसरमा समितिको तर्फबाट विभिन्न पदमा जिम्मेवारी सम्हाल्ने व्यक्तिहरूलाई सम्मान तथा घोषणा गरिएको थियो:
- डा. डिल्ली बन्जाडे – व्यवस्थापन समितिको सल्लाहकार तथा सद्भावना राजदूत
- क्यानबेरा महिला संयोजक श्रीजना पाण्डे
- बाथर्स्ट नेपाली समुदाय, समितिको पदेन सदस्य
- पारु भण्डारी – समितिको तर्फबाट बाथर्स्ट संयोजक

- ध्यान संयोजकका रूपमा कमला अधिकारी
- न्यु साउथ वेल्स महिला संयोजक तथा सिड्नीको सद्भावना राजदूतका रूपमा सीमा आचार्य
- प्रचार–प्रसार संयोजक राजेश घिमिरे
- स्वयंसेवा संयोजक खेम डुम्रे
त्यसैगरी, कार्यक्रममा विश्व शान्ति आश्रमका व्यवस्थापक सिन्डी हैदर, सीमा आचार्य, पारु भण्डारी, शिवराम दाहाल, बालाजी, जीता सिंह आदिले पनि आफ्नो धारणा राख्दै तपोधामको शुभता र महत्त्वलाई प्रकाश पार्नुभयो।
पशुपति बौद्ध तपोधामलाई एक सिद्ध साधना धाम, योग, आयुर्वेद र आध्यात्मिक सङ्गम स्थलका रूपमा चिनाइएको छ, जहाँ सयौं–हजारौं आत्माहरू निरन्तर उद्धार र जागरणको बाटोमा अगाडि बढिरहेका छन्।








