
काठमाडाैँ । इण्डियन प्रिमियर लिग(आइपीएल)को अक्सनमा आइतबार दिल्ली डेयरडेभिल्सले नेपाली १७ वर्षे लेग स्पीनर सन्दीप लामिछानेलाई किनेसँगै उनी आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। दिल्लीले उनको आधार मुल्य ३२ लाख रुपैया(२० लाख भारतीय रुपैया)मा टोलीसँग अनुबन्ध गरेको हो।

सन्दीपको प्रदर्शनबाट प्रभावित अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले खुशी व्यक्त गरेका छन्। आइपीएलको अफिसियल टुविटर ह्यान्डलमा सन्दीपलाई दिल्लीले खरिद गरेको सन्देशलाई रिटुविट गर्दै उनले सानदार खबर भएको प्रतिक्रिया दिएका छन्।
सन्दीपलाई गत वर्ष क्लार्कले अस्ट्रेलियामा प्रशिक्षण गर्ने तथा खेल्ने वातावरण मिलाएका थिए भने यसअघि पनि आइपीएलको अक्सन सुचिमा परेपछि सन्दीपलाई बधाई दिँदै क्लार्कले आफू कुनै फ्रेन्चाइजीसँग आवद्ध भए अनिवार्य रुपमा सन्दीपलाई लिने जनाएका थिए ।








