
मधुमेह पूर्ण रुपमा निको पार्दाको यस्तो अनुभव
मधुमेहका लागि के खाने के नखाने
असनेपाल न्युज सिड्नी ।
मधुमेह के हो ! रगतमा गुलियोपनको मात्रा बढि हुनु नै मधुमेह हो । रगतमा भएको अत्यधिक गुलियो पनलाई “प्यानकृयाज ” नामको ग्रन्थिबाट “इन्सुलिन” नामको हर्मोन पर्याप्त निष्कासन भयो भने यो मधुमेहको समस्या कहिल्यै हुन सक्दैन । यसकालागि भोजन, व्यायाम तथा जीवनशैलिलाई एक अनुशासित बनाउंन सक्दा मधुमेह कहिल्यै हुन सक्दैन । मधुमेहले सताईएको व्यक्ति पनि सहजै पुर्ववत पुर्वावस्था पुग्न सक्छ ।
मधुमेहका अतिरन्जित हल्लाहरु :
रोग लागे पछि निको हुंदैन ।
मधुमेह सामान्यहो , सबैलाई हुन्छ खाषै बार्नु पर्दैन ।
“एलोप्याथि”को औषधिले नियन्त्रण ल्याउंछ ।
कम उमेरकालाई हुंदैन ।
एक पटकको जीवन हो , भोग गर्ने हो मस्ति गर्ने हो,आखिर सबैले मर्नै परिहाल्छ ।
सत्यतथ्य :
मधुमेह आयुर्वेद , योग ,र प्राकृतिकउपचारले मधुमेह ठीक हुन्छ । पुर्वावस्था झैं श्वस्थ बन्न सकिन्छ । विश्व शान्ति आश्रम अष्ट्रेलियामा आफ्नै अनुभव छ , सयौंको जीवन सम्हालिएको , चमत्कार हैन ,जादु हैन तर मधुमेह पूर्ण रुपमा विदा भएको छ , मात्रा सन्कल्प र २१ दिन देखि ३ महिना सम्मको एक नियममा रहनु .
मधुमेह सामान्य हैन यसले विविध रोग लस्कर लगाउंछ । “कोल्डस्टोर ‘ किड्नीको समस्या , मुटुको दु:खाई, र्हिदयघात ,आंखाको तेज जानु ,आलस्य बढ्नु आदि। विश्वमा वर्षेनिन १५ करोडव्यक्तिको मृत्यु यसैको कारण हुन्छ । यसलाई “साईलेन्ट किलर समेत भनिन्छ ।
एलोप्याथिको औषधि मधुमेह नियनत्रणमा उपायोगी हो तर , पूर्ण उपचारमा हैन ।
रोगलाई दबाउंने मात्र हो यस्ता औषधिले त्यसैले दबाई यसको नाम हो ।
कम उमेर १२-१५ देखिका बच्चालाई समेत यो स्समस्या भएको छ ।
जीवन भोगको लागि बांच्नु पशु वत सोच हो , सन्तुलित बांच्नु सचेत मानवको चेतना हो ।
के गर्ने त २ १ दिनमा मधुमेह ठीक गर्न !
सँकल्प गर्ने” म २ १ सम्म अत्यन्त अनुशासनमा रहने छु , मेरो संकल्प जस्तो सुकै अवस्थामा तोडिने छैन- “दोहोर्याउंने
ब्रम्हमुहुर्तमा उठ्ने ,सुर्योदय भन्दा ९६ मिनेट अघिको जागरणा
तामाको भाडोमा आघिल्लो दिन राखेको पानी, तुलसे , सुन र सालीग्रामको पानी मनतातो २ गिलास पिउंने .
१५ मिनेट खालि खुट्टा दुबोमा र १५ मिनेट गिटिमा पैदाल हिंड्ने .
कुन्जल , नेति हप्तामा १ पटका गर्ने ।
यस पछि योग आसन -मण्डुकासन , पार्शोत्तासन , पश्चिमोत्तासन ,जानुशिरासन ,सर्वाङ्गसन ,सुर्यनमस्कार र चन्द्रनमस्कार गर्ने आधा घण्टा गर्ने ।
नाडि शोधन , भष्त्रिका , ब्र्म्हध्वनि प्रणयाम १५ मिनेट गर्ने ।
त्रिबन्ध लगाएर ५ मिनेट बस्ने ।
अपान , प्राण ,सुर्या र ज्ञान मुद्रा १६ मिनेट अभ्यास गर्ने .
नित्य स्नान गरेर विहान ८ बजे भित्र लौका , कुभिन्डी , वा काँक्रो वा नरिवल पानीको रस खाने ।
९ बजे उमारेको मेथि, हरियो स्याउ , काक्रो , काजु , बदाम ,उमारेको चनाको अमृतभोग खाने ।
कुशको जरा , अदुवा , इलाईचि, मेथि , जेष्ठि मधु हालेर उमालिएको अमृत पानी खाने।
चिया कफि पूर्ण बन्ध गर्ने ।
विहान ११ बजे फलफुलका सजातिय प्रकारको ग्रहन गर्ने ।
३ बजे पुन अमृता पानी, स्याउ र अनार खाने ।
बेलुकिको सुर्योदय पुर्व 6 बजेको हाराहारिमा उसिनेको तरकारीमा , आलस , तिल , सिलाम ,वा फर्सिको वियाको छोप हलेर प्रसस्त खाने ।
अति कमजोर महशुष भएमा , फापर, चिया दाना , तहिनि, किन्वा ,सिस्नुको साग ,वा नरिवलको पानीको परिकार खाने .
दुधजन्य पदार्थ नखाने ।
मांस , मदिरा , धुम्रपान , सुर्ती, खैनि त्याग गर्ने ।
कुनै पनि हालतमा मैदा , चामल आदि बाट बनेको परीकार यो अवधि भर नखाने ।
२ १ दिनसम्म यस्तो दिनचर्या पालन गर्नु पुर्व , शन्ख प्रक्षालन , माटो स्नान , वास्प स्नान गर्ने ।
रक्त परीक्षण शुरुमा र अन्त्यमा गर्ने ।
पञ्चकोष ध्यान छ दिन नियमित गर्ने ।
यस्तो दिनचर्या २ १ दिन गर्नुहोस् त्यसपछि सन्तुलित भोजन , योगासन र र ध्यानमा जोडीरहनुस्। हामीले सयौंको भन्दा बढी जनाको यसरी
नै मधुमेह दोहोलो पार्न सफल भएको आफ्नै आँखाले हिरे देखेका छौं । कडा त्याग कडा उपलब्धि। यस बाट मधुमेह मात्रा हैन अनेकौ रोग बाट मौक्त शान्त मन र आनन्दित जीवन त मुक्त आत्मा बनाउन सकिएको हाम्रो अनुभव हो । अनुभव पालन गर्ने पालो अब हजुरहरुको ।
कुनै अस्पस्टता भएमा यो जुममा जोडीएर हरेक दिन सिड्नी ८ बजे र नेपालको ४ बजे विहान वा शनिवार नेपालको ३:४५ मा प्रत्यक्ष नि:शुल्क online परामर्ष र साधना गर्न सकिने छ ।
Everyday zoom ID :81882217949
password: gspss
भिडीयो सामाग्री हेरौं मधुमेह उपचारमा







