नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धि उत्प्रेरणात्मक कार्यशाला सम्पन्न

नेपाली समुदायमा मानसिक श्वास्थ्य सम्बन्धि उत्प्रेरणात्मक कार्यशाला 
~सीमा क्षेत्री
असनेपालन्युज । सिड्नी, अष्ट्रेलिया । सिड्नी नेपालीहरुले मानसिक स्वास्थ्य तथा व्यापार प्रवर्द्दनका लागि एक विषेश कार्यशाला र उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेका छन्।
कोभिड १९ महामारीपछी मानसिक स्वास्थ्य तथा व्यापार व्यवसायमा पर्ने असर न्युनिकरणका विषयमा सिड्नीमा नेपालीहरु द्वारा गरिएको यो नै पहिल्लो कार्यक्रम हो ।

साउथ वेस्ट नेप्लिज कम्युनिटी सिड्नीले न्यु साउथ वेल्स राज्यको बहुसांस्कृतिक विभागको सहयोगमा “पोष्ट प्यानडेमिक रिकवरी कार्यक्रम आयोजना गरिएको सो संस्थाका अध्यक्ष सुदिप ढकाल असनेपाल न्युजलाई बताउंनु हुन्छ ।

‘क्याम्प्वेलटाउन’को ईंगर्लवनसामुदायिक केन्द्रमा आयोजित सो उत्प्रेरणात्मक कार्यसलामआ कोभिड १९ ले जनजीवन नराम्रोसंगप्रभावित पारेको भन्दै त्यसले मानसिकरुपमा निकै असर पारेको सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा महामारीको असरबाट उन्मुक्तिका उपायबारे विभिन्न कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ‘रिकभरी कलेजको’तर्फबाट मानसिक स्वास्थ्यसम्बन्धी आनाबकिंगहाम र सिन्थिया वेभले कार्यपत्र प्रस्तुत गरेकी थिइन ।

यस्तै अष्ट्रेलियन सरकारको पछिल्लो कर नीतिको विषयमा वीलीइम जुले कार्यपत्र प्रस्तुत गरेका थिए । व्यापार व्यावसाय विकास प्रर्बद्धन सम्बन्धी कार्यपत्र क्रिस्टोफर मोनीले प्रस्तुत गरेका थिइन । यस्तै प्रहरी रसुमदाय सुरक्षाको सम्बन्धमा प्रहरी अधिकृत पौल क्रिमरले कार्यपत्र प्रस्तुत गरेका थिए । उनिहरुले प्रतिकृयात्मक प्रस्तुति गर्दै सहभागीहरुकोको जिज्ञासालाई समेत सम्बोधन गरेका थिए ।

सो कार्यक्रमको विषेश आकर्षणको रुपमा उत्प्रेरक वक्त्ता तथा योग गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा)ले स्वस्थ्य, सफल र सुखी जीवनशैलीको विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए । सफलता र खुसी दुई भिन्न आयाम भएको बताउंदै आहार , दिनचर्या र अध्यात्मिक चेतनालाई सम्योजन गर्दै व्यस्त जीवनमा पनि सुखि हुन सकिने उहांले बताउंनु भएको थियो । योग र ध्यानका अनेक सुत्र प्रस्तुत गरिएको उहांको प्रस्तुतिले सबैलाई उत्प्रेरित मात्र पारेको हैन बरु पेट मिचि-मिचि हांस्नु पर्ने स्थितिमा पुर्याएको थियो ।

यस्तै मानसिक स्वास्थ्य कायम राख्न खानपान तथा व्यायाममा ध्यान दिनु पर्ने उल्लेख गरेका थिए । यस्तै व्यपार व्यवसायसमेत कोभिडले चौपट पारेकोभन्दै उनीहरूले कोभिडपछी कसरी पुरानै लयमा फर्किन सकिन्छ भन्ने विषयमा आआफ्नो योजना सुनाएका थिए ।

कार्यक्रम उद्घाटनमा मकारथर क्षेत्रका लिवरल पार्टीका संघीय निर्वाचनका उम्मेद्वार .विनोद पौडेलले, न्यु साउथ वेल्स राज्यका सांसदएनालग चान्थीभोमले न्यु साउथ वेल्सका विभिन्न स्थानमा नेपाली समुदायको उपस्थिती रहेको भन्दै नेपाली समुदायले अष्ट्रेलियाको सामाजिक कार्यमा सयहोग गरेको भन्दै प्रशंशा गरेका थिए ।

यस्तै क्यम्बेलटाउन सिटी काउन्सिलका मेयर जर्ज ग्रेसीसले आगामी दिनमा पनि नेपाली कम्युनिटीले समाजिक सेवा लगायतकाविषयमा निरन्तरता दिने विश्वास व्यक्त गरे । कार्यक्रममा क्याम्डेन काउन्सीलकी मेयर टेरिस फेड्ली, लिभरपुलकी उपमेयर केरिसरोड्स, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुंग, कोषाअध्यक्ष अनिल पोखरेल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका संस्थापक अध्यक्ष देवेन्द्र सापकोटा, महासचिव प्रेम शाह, मेगराज पौडेल, मुरारी लम्साल लगायतले संस्थाले कोबिडको समयमा उल्लेखनीय भुमिकाखेलेको भन्दै आगामी दिनमा पनि सामाजिक कार्यहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे । संस्थाका अध्यक्ष सुदिप ढकालकोसभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष चतुरभुज खरेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा रुपेन्देही सामाजिक संजालका पुर्व अध्यक्ष कृष्ण गैरे र इश्वर पोखरेल वर्तमान उपाध्यक्ष दिवाकर काफ्ले, चितवनसमाजका संस्थापक अध्यक्ष सत्यप्रकाश कडेंल, साउथ वेस्ट नेप्लिज कम्युनिटीका पुर्व प्रवक्ता सुर्य खनाल , सचिव प्रज्वल भट्टराई, एनआरएनए नारी निकुञ्ज अष्टेलीयाकी कोषाअध्यक्ष जिप्सना पौडेल, एनआरएनएका न्यु साउथ वेल्स कार्यसमिति सदस्य संदिप अधिकारी, सामाजिक अगुवा दिपेश चिलवाल, प्रकाश पौड्ल, भरत नेपाल लगायतका सहभागिता रहेको थियो ।

सिड्नीको साउथ वेष्ट क्षेत्रमा कम्तीमा करिब दश हजार नेपाली वसोवास गर्ने अनुमान रहेको छ ।

संस्थाले अष्ट्रेलीयमा आगलागीबाट पीडित भएका तथा बाढीका कारण घरबार गुमएका अष्टेलीयन नागरिकहरुलाई समेत सहयोगगरेको पनि वताईएको छ । कार्यक्रममा एनआरएनए तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साउथ वेष्ट नेप्लीज कम्यूनिटी सिड्नीकै आयोजनामा सो क्षेत्रमा पहिलो पटक आगामी अप्रिल ९ मा नेपाली नयां बर्षको शुभकामनाआदान प्रदान गर्ने उदेश्यले बनभोज तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गर्ने संस्थाका एक जिम्वेवार सदस्य चतुर्भुज खरेलले असनेपालन्युजलाई बताउंनु भयो ।

नेपाली संस्कृति जगेर्ना गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रममा निःशुल्क प्रवेस सँगै सहभागिहरूलाई निःशुल्क दिवा खानाको व्यावस्था समेत गरिएको आयोजक संस्थाले जनाएको छ । लेपिंगटनको विलोडेल पार्कमा हुने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बच्चा देखि वृद्धसम्म लक्षित कार्यक्रम र पुरस्कारसहित मनोरन्जनात्मक प्रतिस्पर्धा समेटिने आयोजक साउथ वेष्ट नेप्लीज कम्युनिटी सिड्नीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु