नेपालीहरु, आफ्नो समुदायको समस्या आँफैं समाधान गर्न जुट्दै

नेपालीहरु आफ्नो समुदायको समस्या आँफैं समाधान गर्न जुट्दै


असनेपालन्युज , सिड्नी । सोच नविन , कर्म उत्साहप्रद र परिणाम उपयोगी । नेपाली समुदाय विच सामुय्हिक अन्तर्कृया मार्फत साझा सवाल वारे छलफल गरिने भएको छ । सरकारी वा संस्थागत रुपमा आयोजना गर्नु पर्ने कार्यक्रमलाई समुदायका एक सकृय युवाले यो कार्यक्रम शुरुगरेका हुन्। कोरोना महामारि पछि नेपाली समुदायको सामुहिक अन्तर्कृया नभैरहेको अवस्थामा यो कार्यक्रमले सबै विच आत्मियत बढाउंने मात्र नभै ओझेलका समस्याहरुको समाधान निस्कने अपेक्ष्या गरिएको आयोजक प्रमुख तिर्थ खतिवडा असनेपालन्युजलाई बताउंनु हुन्छ । ‘कनेक्टिङ कम्युनिटी थ्रू इन्टर्‍याक्सन’ नामको यो कार्यक्रम आगामी १३ मे मा सिड्नीस्थित “एभरेस्ट टिभी कम्युनिटी मिडियाको आयोजनामा हुन लागेको हो।

अन्तर्क्रिया कार्यक्रमकाले , नेपाली समुदायमा विशेष गरी विद्यार्थी र अस्थायी प्रवेशाज्ञामा रहेका नेपाली नागरिकहरूको वास्तविक समस्या आकलन गर्ने र विशेषज्ञसँग यसको समाधान खोज्ने लक्ष्य राखिएको छ। एभरेष्ट टिभीका अनुसार
विद्दुतिय हुलाक मार्फत पनि प्रश्न सोध्न सकिने छ , यो क्रममा सयौं प्रश्नहरु प्राप्त भैसकेको र उत्कृष्ट प्रश्न छनौट गर्ने कार्य अहिले शुउर भएको छ । अब्बल प्रश्नलाई पुरस्कारस्वरूप क्रमशः प्रथमलाई ३००, दोस्रोलाई २०० र तेस्रोलाई १०० अस्ट्रेलियन डलर दिइने आयोजक प्रमुख खतिवडा बताउंनु हुन्छ । थप जानकारि यस पोस्टर बाट समेत हेर्न सकिने छ ।

 

सम्बन्धित शिर्षकहरु