अष्ट्रेलियाली मन्त्रीद्वारा दशैंको शुभकामना र नेपाली ‘कोभिड हिरो’ हरुलाई कदर
असनेपालन्युज, सिड्नी।अष्ट्रेलियाली मन्त्री डेभिड कोलम्यानले एक समारोहका विच कोभिडको समयमा समुदायलाई सघाउंने नेपाली कोभिड हिरो हरुलाई कदर गर्नु भएको छ । नेप्लिज पेन्सस कम्युनिटि द्वारा विद्द्युतिय मन्चमा मार्फत आयोजित एक समारोहका विच मन्त्री कोलम्यानले आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) कोभिडको समयमा अष्ट्रेलिया तथा अन्य देशका वासिन्दा हरुलाई सहयोग पुर्याए वापत कदर गर्दै योगदानको प्रसंसा गर्नु भयो । ‘मेन्टल हेल्थ एण्ड सुसाईड प्रिभेन्सन ‘मन्त्री डेभिडले आचार्य राजन शर्मा द्वारा प्रथम कोभिड संकटमा विध्यार्थीहरुलाई नि:शुल्क भोजन व्यवस्था गरेर र दोस्रो चरणमा हजारौंलैऐ नि:शुल्क मानसिक स्वास्थ्यलाई सघाउंने योग, ध्यान ,तथा मानवीय सेवा र शान्ति मार्फत योगदान पुर्याएको र यसले अष्ट्रेलियाकै मान बढाएको भन्दै कदर गर्नु भयो । यस्तै समुदायका अन्य योगदान कर्ता र स्वयंसेवकहरुको पनि मुक्त्त कण्ठले प्रसंशा गर्दै संकटमा सहयोगी बनेको नेपाली समुदाय अष्ट्रेलियाली सरकारको संधै साझेदार बनेको उल्लेख गर्नु भयो । 
सो अवसरमा उहांले नेपालीहरुको महान पर्व विजया दशमिको उपलक्ष्यमा सबैलाई शुभकामना र हौसला प्रदान गर्नु भयो । मन्त्रि डेभिड हरेक वर्ष नेपालीहरुको पर्वमा अग्रस्थानमा रहेर शुभकामना दिने गर्नुहुन्छ । मन्त्री डेभिडकै पहलमा नेप्लिज पेन्सस कम्युनिटी मार्फत समुदायलाई संकटमा साथ र एक मिलियनको सभा हल उपलब्ध भएको कम्युनिटिका अध्यक्ष्य लक्ष्मण श्रेष्ठले सो अवस्रमा बताउणु भयो ।
यस्तै न्यु साउथ वेल्स का अवैतनिक राजदुत दिपक खड्काले समुदायमा योगदान पुर्याउंनेको कदर गर्दै मन्त्रि डेभिडको सहयोग नेपालीहरुको हौसला बनेको बताउंनु भयो ।्कदर प्राप्त गर्नेहरुको तर्फ बाट
नेपाल फिजी सांन्स्कृतिक राजदुत तथा योगी आचार्य राजन शर्माले सम्मान र कदरका लागि नभएर आफुले एक मानवको कर्तव्य अगाडि सारेको भन्दै यस कदर प्रति आयोजक संस्था र मन्त्री डेभिड तथा समुदायका अगुवाहरुलाई हौसलाको लागि आभार प्रकट गर्नु भयो ।
विगत २ वर्षको अवधिमा हरेक हप्ता ४६ घण्टा स्वयं सेवा गरेर दैनिक ६०० जनालाई नित्य योग , ध्यान ,मानसिक स्वास्थ्य र सकारात्मक उत्प्रेरणा जगाउंदै आउंनु भएका आचार्य राजन शर्माको सेवा बाट हाल सम्म अश्ट्रेलियाली समुदाय लगायत विश्वका हजारौंली मानसिक , अध्यात्मिक ,भौतिक लाभ लीई रहेको अध्यक्ष लक्षमण श्रेष्ठले सो अवसरमा उल्लेख गर्नु भएको थियो ।विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज समेतको साझेदारिमा नेप्लिज पेन्सस कम्युनिटिले यस्त थुप्रै समाजीक दायित्वका गतिविधि सन्चालनमा ल्याएको छ ।
यस्तै एन आर एन ग्लोवल समितिका उपाध्यक्ष्य मन के सि ले अश्ट्रेलियाली सरकार र समुदायको समन्वयले दुबइ देशलाई हित हुनगएको उल्लेख गर्नु भयो ।
सो अवसरमा समुदायका विभिन्न अगुवाहरु डा कृष्ण हमाल , श्रीनापित ,डा प्रकाश पौडेल ,सन्जिव शर्मा लगायत भिभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागीता रहेको थियो ।डा प्रकाश पौडेलको सुन्दर प्रस्तुतिमा सो कार्यक्रम सम्पन्न भएको हो ।










