रुसी फाैजको पक्षमा आफूले तालिम दिएको सेना लड्न सक्ने भन्दै जर्मनीद्वारा चिन्ता

एजेन्सी- रुसी फाैजको पक्षमा आफूले तालिम दिएको सेना लड्न सक्ने भन्दै जर्मनीले चिन्ता व्यक्त गरेको छ। जर्मनीले अबदेखि कहिल्यै पनि मालीमा हुने युरोपेली संघ (ईयू) को सैन्य तालिम मिसनमा सहभागी नहुने बताएको छ। जर्मनीले आफूले त्यहाँ तालिम दिएका सेनाले रुसी फौजको पक्षमा लड्न सक्ने चिन्ता व्यक्त गरेको छ । रुसी फाैजको पक्षमा आफूले तालिम दिएको सेना लड्न सक्ने भनेर जर्मनीले चिन्ता व्यक्त गर्दै आफुलाई यो कुराले निकै नरमाइलो लाएको बताएको छ।

सन् २०१३ देखि मालीमा ईयूकाे सैनिक तालिम मिसन सुरु भएको थियो । रुसी फौजले त्यहाँ हत्या हिंसा फैलाइरहेको आशंका गरिएको छ । गत महिना ह्युमन राइट्स वाचले जिहादी विरुद्धको विशेष कारबाहीको दौरानमा मालीको फौजले रुसी लडाकुहरुसँग मिलेर करिब तीन सय सर्वसाधारण पुरुषलाई मृत्युदण्ड दिएको आरोप लगाएको थियो ।

जर्मन रक्षा मन्त्री क्रिस्टिन लाम्ब्रेच्टले आफ्ना फौजले मालीस्थित संयुक्त राष्ट्र संघको शान्ति स्थापना मिसनमा भने निरन्तर सहभागी हुने बताएका छन् । फ्रेन्च फौज त्यहाँबाट धमाधम जाँदै गरेकाले पनि उनीहरूको स्थानमा जर्मन फौज तैनाथ गरिने उनको भनाइ छ । 

माली सरकारले रुसी फौजसँग सहकार्य गर्ने निर्णय गरेपछि पछिल्ला दुईवटा सैनिक विद्रोह यता बामाकोस्थित सैनिक शासक र पश्चिमी मुलुकहरू बीचको सम्बन्ध चिसिन थालेको छ ।

सम्बन्धित शिर्षकहरु