विश्व संस्कृत दिवस मनाउन आह्वान – जरोकिलो प्रतिष्ठान नेपाल

पाँचौँ विश्व संस्कृत दिवसको मूल आयोजक समिति र सल्लाहकार परिषद् गठन भएको छ । प्रत्येक वर्ष तिथि अनुसार ऋषि तर्पणी (जनै पूर्णिमा) को दिनमा मनाइने विश्व संस्कृत दिवसको यस वर्षको मूल आयोजक समिति र सल्लाहकार परिषद् गठन गरिएको छ । मूल आयोजक समितिका रुपमा कार्य गर्नका लागि गठित पाँचौँ विश्व संस्कृत दिवस कार्यपरिषद्का संकल्पकर्ता डा. निर्मलमणि अधिकारी, संयोजक डा. माधवप्रसाद पाण्डेय र सहसंयोजक डा. माधव लामिछाने हुनुहुन्छ । संकल्पकर्ता डा. अधिकारी काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक एवं इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका अध्यक्ष हुनुहुन्छ । संयोजक डा. पाण्डेय नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक हुनुहुन्छ भने सहसंयोजक डा. लामिछाने नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक एवं सनातन धर्म महासंघ नेपालका अध्यक्ष हुनुहुन्छ । मूल आयोजक समितिका सदस्यहरूमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा. अजय रिसाल, चार वेदका नेपाली अनुवादक एवं सहृदयता समाज नेपालका अध्यक्ष आचार्य तिलकप्रसाद लुइँटेल, काठमाडौँ विश्वविद्यालय, भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक डा. रामचन्द्र पौडेल, त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागका उपप्राध्यापक आकाश नीलम् गोविन्द, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक नवराज खतिवडा र जरो किलो प्रतिष्ठान नेपालका अध्यक्ष बलराम प्रजापति हुनुहुन्छ । यसैगरी संस्कृत विदुषी गार्गी चौलागाइँ, राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष इन्द्र ओली, सहृदयता अन्तर्राष्ट्रियका अध्यक्ष वेदनिधि लुइँटेल (अमेरिका), विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमाल (अमेरिका), नेपाली हिन्दू फोरम युकेका अध्यक्ष सूर्यप्रसाद उपाध्याय (बेलायत) र युगनिर्माण महिला समाज नेपालकी उपाध्यक्ष चाँदनी बिक पनि विश्व संस्कृत दिवस कार्यपरिषद्का सदस्य रहनुभएको छ ।
जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा नेपालबाट वि.सं. २०७५ सालमा प्रारम्भ भएर विश्वका विभिन्न देशहरूमा मनाइँदै आएको विश्व संस्कृत दिवसको पाँचौँ वर्षको कार्यक्रमलाई सफल पार्न सल्लाहकार परिषद् पनि गठन गरिएको छ । पाँचौँ विश्व संस्कृत दिवसको सल्लाहकार परिषद्मा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, नेपाल प्रज्ञा—प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्याय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभागका प्रमुख एवं सहप्राध्यापक डा. माधवप्रसाद उपाध्याय र जयतु संस्कृतम् संस्थाका महासचिव डा. नवराज कट्टेल रहनुभएको छ । यसैगरी सल्लाहकार परिषद्मा इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका उपाध्यक्ष एवं गुरु गोविन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय, नयाँ दिल्ली, भारतका पूर्व डीन प्रा.डा. चन्द्रकान्तप्रसाद सिंह, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्मका महासचिव डा. गोविन्दशरण उपाध्याय र ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल साइन्स, अष्ट्रेलियाका अध्यक्ष आचार्य राजन शर्मा पनि रहनुभएको छ ।
पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोह काठमाडौँमा आयोजना हुँदैछ भने अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत लगायतका ३० देशहरूमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् । पाँचौँ विश्व संस्कृत दिवसको आयोजनाका लागि नेपालबाट जरो किलो प्रतिष्ठान नेपाल, सनातन धर्म महासंघ नेपाल, जयतु संस्कृतम्, नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, राष्ट्रिय हिन्दू एकता मञ्च नेपाल र युगनिर्माण महिला समाज नेपाल लगायतका संस्थाहरूले सहकार्य गर्दैछन् । नेपाल बाहिरबाट इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, सहृदयता अन्तरराष्ट्रिय, विश्व भुटानी हिन्दु संगठन, ग्लोबल सोसाइटी फर् पिस एण्ड स्पिरिचुअल
साइन्स, नेपाली हिन्दू फोरम युके लगायतका संस्थाहरूले पनि पाँचौँ विश्व संस्कृत दिवसमा सहकार्य गरिरहेको आयोजक समितिका संयोजक सहप्राध्यापक डा. माधवप्रसाद पाण्डेयले बताउनुभयो ।

विश्व संस्कृत दिवस प्रत्येक वर्ष तिथि अनुसार श्रावण पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइन्छ । यो वर्ष पाचौं विश्व संस्कृत दिवस मनाइँदैछ । पाचौं विश्व संस्कृत दिवस मिति २०७९ साउन २७ गते (तदनुसार सन् २०२२ अगष्ट १२), शुक्रवार परेको छ । उक्त दिन विश्व संस्कृत दिवस भव्यतापूर्वक मनाऊँ । नेपालका विभिन्न स्थानहरूका साथसाथै संसारका विभिन्न देशहरूमा आयोजना हुने विश्व संस्कृत दिवस कार्यक्रमहरूमा सहभागी बनौँ । आफू स्वयं र आफ्नो संस्थाको तर्फबाट पनि विश्व संस्कृत दिवस बारे कार्यक्रम आयोजना गरौँ ।

जरोकिलो प्रतिष्ठानका उदेश्यहरू :-

जरो किलो प्रतिष्ठान नेपालका उद्देश्यहरु :–

(क) नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(ख) गुरुकुल सहित विविध प्रकारका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी सञ्चालन गर्ने, गराउने ।

(ग) विभिन्न प्रकारकाका सीपमूलक प्रशिक्षणहरु सञ्चालन गर्ने गराउने ।

(घ) नेपालका मौलिक रैथाने औषधिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(ङ) नेपालका मौलिक रैथाने खाद्य तथा पेय पदार्थको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।

(च) नेपालका विभिन्न पक्षबारे अनुसन्धान तथा प्रकाशन प्रसारण गर्ने, गराउने ।

(छ) नेपालका रैथाने भाषाहरुको प्रवर्द्धनका लागि क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।

(ज) नेपालका मठ, मन्दिर, गुठी, चैत्य, विहार आदिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।

(झ) नेपालका रैथाने वैदिक, बौद्घ, जैन, किराँती, बोन लगायतका धर्म संस्कृतिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।

(ञ) मनोसामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

सम्बन्धित शिर्षकहरु