छानबिन समितिको ठहर : ‘दार्चुला घटनामा एसएसबी संलग्न’

काठमाडौं  । दार्चुलाको घटना छानबिन गर्न गठित समितिले दार्चुला घटनामा भारतीय सुरक्षा बल ९एसएसबी० को संलग्नता रहेको ठहर गरेको छ।

दार्चुलामा जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयबाट गठित समितिले घटनामा भारतीय एसएसबीको संलग्नता रहेको ठहर सहितको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनले उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको औँल्याएको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटनाको अनुसन्धान गरी दोषीउपर कानुनी कारवाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न पनि सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै आश्रित परिवारलाई नेपाल सरकारको तर्फबाट पालनपोषण र शिक्षादीक्षाको उचित व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।

गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा साउन १७ गते छानबिन समिति गठन गरेको थियो । घटना भने साउन १५ मा भएको थियो ।

सम्बन्धित शिर्षकहरु