गृहमन्त्रीका भाइसहित पक्राउ : जेलभित्रै बुनिँदै थियो फिरौती योजना

काठमाडौं । फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुुर थापाको भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ। ब्युरो स्रोतका अनुसार पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमागर छन्। स्रोतका अनुसार वीरबलले समीरमकानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्याउन सघाएका थिए।

पक्राउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबललले मोबाइल जेलभित्र पुर्याउन भूमिका खेलेको बयान दिएका छन्। समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए। साउन अन्तिम साता पक्राउ परेका पवन र सुरनेले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको बुझिन्छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। रकम असुल्ने समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए। उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाई नरेश पनि जोडिएका हुन्।

सम्बन्धित शिर्षकहरु