बेल्जियमलाई पराजित गर्दै वेल्स पहिलोपटक सेमिफाइनलमा

पेरिस । बेल्जियमलाई पराजित गर्दै वेल्स फ्रान्समा जारी युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राती भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई ३ – १ ले पराजित गर्दै वेल्सले पहिलो सहभागितामै युरोकपको सेमिफाइनलमा स्थान बनाएको हो ।

लीलेस्थित स्टेड पिरे मोउरेमा भएको खेलमा बलियो टोलि बेल्जियमविरुद्ध सुरुवाती अग्रता उल्टाउ दै वेल्सले सेमिफाइनलमा स्थान बनाएको हो । खेलको १३ औ मिनेटमा नै रोज्दा नैङगोलनले बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । करिब ३५ यार्डबाट नैङगोलनले प्रहार गरेको सशक्त बल सिधै गोलमा परिणत भएको थियो । तर, खेलको ३० औ मिनेटमा नै वेल्सका कप्तान एस्ले विलियम्सले कर्नरमा हेड गोल गर्दै खेल बराबरीमा लाएका थिए ।
पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वेल्सले अग्रता लियो । खेलको ५५ औ मिनेटमा रोबसन कानुले गोल गर्दै बेल्जियम विरुद्ध वेल्सले अग्रता कायम गर्यो । आरोन रामसेको पासमा बेल्जियमका तीन डिफेन्सलाई जिल्लाउदै कानुले गोल गरेका हुन् । त्यसपछि खेलको ८५ औ मिनेटमा साम भोक्सले गोल गर्दै वेल्सलाई ऐतिहासिक सफलता दिलाए । वेल्सका लागी दोस्रो गोल कर्ता कानुको स्थानमा मैदान पसेका भोक्सले क्रिस गन्टरको क्रसमा उत्कृष्ट हेड गोल गरे ।

बेल्जियमविरुद्धको जितसंगै ५८ वर्षपछि ठूलो प्रतियोगितामा सहभागिता जनाइरहेको वेल्सले अब आगामी बुधबार पोर्चुगलको सामना गर्ने छ ्र सन् १९५८ को विश्वकपपछि वेल्सले पहिलो पटक ठूलो प्रतियोगिताको रुपमा युरोकपको १५ औ सस्करणमा सहभागिता जनाएको हो । र, फिफा विश्व वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियमलाई पराजित गर्दै वेल्सले पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भयो । बिहिबार भएको पहिलो क्वाटरफाइनलमा पोल्याण्डलाई ट्राइबेकरमा पाखा लगाउदै पोर्चुगलले सेमिफाइनलमा स्थान बनाई सकेको छ ।

यता, सन् १९८६ को विश्वकपपछि पहिलोपल्ट ठूला प्रतियोगिताको सेमिफाइनल यात्रा तय गर्ने अभियानमा रहेको बेल्जियमको सपना अधुरै रह्यो । यसअघि चारपटक यस युरोकपमा सहभागिता जनाइसकेको बेल्जियमले पाएको मौका सदुपयोग गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो ।

सम्बन्धित शिर्षकहरु