
योगका सम्पूर्ण ८४ आसन , रहस्य र दैनिक प्याकेज विधि ~ आचार्य राजन शर्मा
योग एक सनातन बिज्ञान हो शास्वत साधना पद्धती हो | ब्रह्म द्वारा निर्दिष्ट ऋषि तपस्वी तथा योगीहरू द्वारा बनेको श्रेष्ठ विधा हो | यो विशेष ज्ञान जीवनका महत्वपुर्ण तथ्यहरुलाई दर्शाउने तथा विभिन्न भौतिक एवं आध्यात्मिक, सामाजिक, भावनात्मक स्तर मा सहि स्वरूप प्राप्त गर्न सकिन्छ | यो एक कामधेनु कल्पवृक्ष हो जस द्वारा मनुष्य सम्पूर्ण चीज प्राप्त गर्न सक्दछ | योग परमात्मालाइ प्राप्त गर्ने विषिस्टतम एक साधना हो। चेतनालाई महचेतनामा विलय गराउंने महाविध्या र महासन्धि हो ।
रोगीका लागि योग चिकित्सा पद्धति हो भने निरोगीका लागि जीवन पद्दति हो । योगीका लागि यो जीवन मुक्तिको महाविध्या र समाधिको सेतु हो । योग संस्कृतको ‘युज्’धातुबाट बनेको हो, जसको अर्थ हुन्छ एकाकार गर्नु
हठ योगका प्रवर्द्दक आदि योगि शिव हुनुहुन्छ । उहांले नेपाल भुमिको गौरिशंकर हिमालको प्राङ्गणमा पार्वतिलाई यो प्रथम दिक्षा दिंदै संसारलाई यो महान विध्या दानको थालनि गर्नु भएको हो ।
तत्पश्चात अनेकौं ॠषि, महर्शि हुंदै आजको अवस्थामा हठ योग विस्तारित भएको छ । ॠषि पतन्जलिको अस्टाङ्ग योग अन्तर्गतको योगसूत्रमा एक स्थिर आसनको मात्र चर्चा छ । तर हठयोगमा, गुरु गोरक्षनाथ , महर्षि घेरण्ड र स्वामि स्वात्म राम लगयतका प्रवर्द्दकले हठयोगका षटकर्म, आसन ,प्राणायाम र मुद्रालाई विधि सम्वत तरिकाले राखेका छन्। शिवजी ले प्रभार्द्दन गर्नु भएका ८४ लाख आसन पछि ८४ हजारमा र त्यसलाई पनि घटाएर शिव संहितामा ८४ मात्र राखिएको छ । यस्तै घेरण्ड संहितामा ३२ र हठयोग प्रदिपिका १४ आसन उल्लेख छन्।
हठयोगमा पाइने ८४ भन्दा बढी आसनहरु यस्ता छन्:
1.सूर्यनमस्कार, 2.आकर्णधनुष्टंकारासन, 3.उत्कटासन, 4.उत्तान कुक्कुटासन, 5.उत्तानपादासन, 6.उपधानासन, 7.ऊर्ध्वताड़ासन, 8.एकपाद ग्रीवासन, 9.कटि उत्तानासन10.कन्धरासन, 11.कर्ण पीड़ासन, 12.कुक्कुटासन, 13.कुर्मासन, 14.कोणासन, 15.गरुड़ासन 16.गर्भासन, 17.गोमुखासन, 18.गोरक्षासन, 19.चक्रासन, 20.जानुशिरासन, 21.तोलांगुलासन 22.त्रिकोणासन, 23.दीर्घ नौकासन, 24.द्विचक्रिकासन, 25.द्विपादग्रीवासन, 26.ध्रुवासन 27.नटराजासन, 28.पक्ष्यासन, 29.पर्वतासन, 31.पशुविश्रामासन, 32.पादवृत्तासन 33.पादांगुष्टासन, 33.पादांगुष्ठनासास्पर्शासन, 35.पूर्ण मत्स्येन्द्रासन, 36.पॄष्ठतानासन 37.प्रसृतहस्त वृश्चिकासन, 38.बकासन, 39.बध्दपद्मासन, 40.बालासन, 41.ब्रह्मचर्यासन 42.भूनमनासन, 43.मंडूकासन, 44.मर्कटासन, 45.मार्जारासन, 46.योगनिद्रा, 47.योगमुद्रासन, 48.वातायनासन, 49.वृक्षासन, 50.वृश्चिकासन, 51.शंखासन, 52.शशकासन५३।सिंहासन, 55.सिद्धासन, 56.सुप्त गर्भासन, 57.सेतुबंधासन, 58.स्कंधपादासन, 59.हस्तपादांगुष्ठासन, 60.भद्रासन, 61.शीर्षासन, 62.सूर्य नमस्कार, 63.कटिचक्रासन, 64.पादहस्तासन, 65.अर्धचन्द्रासन, 66.ताड़ासन, 67.पूर्णधनुरासन, 68.अर्धधनुरासन, 69.विपरीत नौकासन, 70.शलभासन, 71.भुजंगासन, 72.मकरासन, 73.पवन मुक्तासन, 74.नौकासन, 75.हलासन, 76.सर्वांगासन, 77.विपरीतकर्णी आसन, 78.शवासन, 79.मयूरासन, 80.ब्रह्म मुद्रा, 81.पश्चिमोत्तनासन, 82.उष्ट्रासन, 83.वक्रासन, 84.अर्ध-मत्स्येन्द्रासन, 85.मत्स्यासन, 86.सुप्त-वज्रासन, 87.वज्रासन, 88.पद्मासन आदि।
हठयोग प्रदीपिका – १४ आसनहरु उल्लेख छन्:
1.कुक्कुटासन,2.स्वस्तिकासन,3.गोमुखासन,4.वीरासन,5.कूर्मासन,6.उत्तानकूर्मासन,7.धनुरासन,
8.मत्स्येन्द्रासन,9.पश्चिमोत्तानासन, 10.मयूरासन,11.सिद्धासन,12.पद्मासन,13.सिंहासन,14.भद्रासन ।
घेरण्ड सहिता उल्लेख ३२ आसनहरु :
1.मुक्तासन,2.वज्रासन,3.मृतासन,4.गुप्तासन,5.मत्स्यासन,6.गोरक्षासन,7.उत्कटासन,8.संकटासन,9.उत्तानमण्डूकासन,10.कुक्कुटासन,11.स्वस्तिकासन,12.गोमुखासन,13.वृक्षासन,14.मण्डूकासन,15.गरुड़ासन,16.वर्षासन,17.शलभासन,18.मकरासन,19उष्ट्रासन,20वीरासन,21.कूर्मासन,22,उत्तानकूर्मासन,23.धनुरासन,24.मत्स्येन्द्रासन,25.पश्चिमोत्तानासन,
26.भुजंगासन,27.योगासन, 28.मयूरासन,29सिद्धासन,30.पद्मासन,31.सिंहासन,32.भद्रासन ।।
विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले विश्वव्यापि रुपमा सन्चालन गरेको विश्वस्तरिय योग पाठ्यक्रमको दैनिक साधना तलिका यस्तो छ । जसलाई विश्वका प्रसिद्द योग अलायन्सले मान्यता दिएका छ्न् । नेपाललाई योग गुरुको देश बनाउंन र विश्वभर योगको सहि विधि, साधना क्रम सिकाउंन यो प्याकेज महत्वपूर्ण मानिएको छ । जहां १ लाख देखि ३ लाख सम्म पर्ने योग aलायन्सको प्रमाणपत्र र तालिमालाई GSPSSले नि:शुल्क उपलब्ध गराउंदै आएको छ ।लामो अनुसन्धान , विज्ञानसम्वत प्रयोग र विश्वविश्वालयहरुको प्रयोग अभिलेख समेतलाई समावेश गरिएको यो पाठ्यक्रममा युग , समय, उमेर संस्कार सुहाउंदो हठयोग प्याकेज तय गरिएको छ ।
पञ्च श्रद्धा समर्पण मन्त्राणि
(गुरु-ऋषि-पृथ्वि-पितृ-परमात्मा)
गुरु मन्त्र
ऊँ गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः ।।
गायत्री न्यास/विनियोग
ऊँ प्रणवस्य परब्रह्म ऋषिः परमात्मा देवता देवी गायत्री छन्दः प्राणायामे विनियोगः ।
मन्त्र प्राणायाम
ऊँ भूः ऊँ भुवः ऊँ स्वः ऊँ महः ऊँ जनः ऊँ तपः ऊँ सत्यम् । ऊँ तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियो योनः प्रचोदयात् । ऊँ आपो ज्योतिरसोमृतं ब्रह्मभूर्भुवः स्वरोम् ।
(१) ऊँ भूः – देब्रेबाट तान्ने र छोड्ने । (२) ऊँ भुवः – दाहिनेबाट तान्ने र छोड्ने । (३) ऊँ स्वः – देब्रेबाट तान्ने र छोड्ने । (४) ऊँ महः – दाहिनेबाट तान्ने र छोड्ने । (५) ऊँ जनः – देब्रेबाट तान्ने र छोड्ने । (६) ऊँ तपः – दाहिनेबाट तान्ने र छोड्ने । (७) ऊँ सत्यम् – देब्रेबाट तान्ने र छोड्ने । ऊँ तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियो योनः प्रचोदयात् । ऊँ आपो ज्योतिरसोमृतं ब्रह्मभूर्भुवः स्वरोम् – देब्रेबाट तान्ने र छोड्ने ।
करन्यास
ऊँ भूः – अङ्गुष्ठाभ्यां नमः । ऊँ भुवः – तर्जनीभ्यां नमः । ऊँ स्वः – मध्यमाभ्यां नमः । ऊँ तत्सवितुर्वरेण्यम् – अनामिकाभ्यां नमः । ऊँ भर्गो देवस्य धीमहि – कनिष्ठिकाभ्यां नमः । ऊँ धियो योनः प्रचोदयात् – करतलकरपृष्ठाभ्यां नमः ।
अङ्गन्यास/हृदयादि न्यास
ऊँ भूः – हृदयाय नमः । ऊँ भुवः – शिरसे स्वाहा । ऊँ स्वः – शिखायै वषट् । ऊँ तत्सवितुर्वरेण्यम् – कवचाय हुम् । ऊँ भर्गो देवस्य धीमहि – नेत्रत्रयाय (नेत्राभ्यां) वौषट् । ऊँ धियो योनः प्रचोदयात् – अस्त्राय फट् ।
चतुर्विंशतिः मुद्राः (जपादौ)
अतः परं प्रवक्ष्यामि वर्णमुद्राः क्रमेण तु । सुमुखं सम्पुटं चैव विततं विस्तृतं तथा ।।
द्विमुखं त्रिमुखं चैव चतुष्पञ्चमुखं तथा । षण्मुखाधोमुखं चैव व्यापकाञ्जलिकं तथा ।।
शकटं यमपाशं च ग्रथितं चोन्मुखोन्मुखम् । प्रलम्बं मुष्टिकं चैव मत्स्यः कूर्मो वराहकम् । ।
सिंहाक्रान्तं महाक्रान्तं मुद्गरं पल्लवं तथा । एता मुद्राश्चतुर्विंशज्जपादौ परिकीर्तिताः ।।
गायत्री मन्त्र
ऊँ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो योनः प्रचोदयात् ।। जपम् १०८)
अष्ट मुद्राः (जपान्ते)
सुरभिर्ज्ञानवैराग्ये योनिः शङ्खोऽथ पङ्कजम् । लिङ्गनिर्वाणमुद्राश्च जपान्तेऽष्टौ प्रदर्शयेत् ।।
भूमि प्रार्थना
समुद्रवसने देवी पर्वतस्तनमण्डिते । विष्णुपत्नि नमस्तुभ्यं पदस्पर्शं क्षमस्व मे ।।
सप्तर्षि प्रार्थना
कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोथ गौतमः। जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषयः स्मृताः ।। दहन्तु पापसर्वाणि गृह्णन्त्वर्घ्यं नमो नमः ।।
हठयोग प्रार्थना
हकारः कीर्तितः सूर्यः ठकारश्चन्द्र उच्यते । सूर्यचन्द्रमसो योगात् हठयोगः निगद्यते
जपादौ मुद्राः
१) सुमुखम् २) सम्पुटम् ३) विततम् ४) विस्तृतम् ५) द्विमुखम् ६) त्रिमुखम्
७) चतुर्मुखम् ८) पञ्चमुखम् ९) षण्मुखम् १०) अधोमुखम् ११) व्यापकाञ्जलिकम् १२) शकटम्
१३) यमपाशम् १४) ग्रथितम् १५) उन्मुखोन्मुखम् १६) प्रलम्बम् १७) मुष्टिकम् १८) मत्स्यः
१९) कूर्मः २०) वराहकम् २१) सिंहाक्रान्तम् २२) महाक्रान्तम् २३) मुद्गरम् २४) पल्लवम्
जपान्ते मुद्राः
१) सुरभिः २) ज्ञानम् ३) वैराग्यम् ४) योनिः
५) शङ्खः ६) पङ्कजम् ७) लिङ्गम् ८) निर्वाणम्
ख) पञ्च श्रद्धा समर्पणम् (गुरु-परमात्मा-ऋषि-पितृ-भूमि)
१) गुरुमन्त्र
२) गायत्रीन्यासः
३) करन्यासः
४) अङ्गन्यासः
५) गायत्री मुद्रा (मन्त्र सहित)
६) भूमि साधना
७) ऋषि मन्त्र
८) हठयोग मन्त्र
ग) योगासनानि
१) ताडासन
२) उदराकर्षण
३) गुप्तपद्मासन
४) सूर्यनमस्कार
५) वातायनासन
६) वृक्षासन
७) चन्द्रनमस्कार
८) सलभासन
९) भूमिपाद-मस्तकासन
१०) शशकासन
११) मार्जारासन
१२) अधोमुखासन
१३) उष्ट्रासन
१४) सुप्त वज्रासन
१५) धनुरासन
१६) चक्रासन
१७) सुप्तबद्धकोणासन
१८) कपोतासन
१९) वीरभद्रासन
२०) गोमुखासन
२१) सर्वाङ्गासन(हलासन , मत्स्यासन सहित )
२२) उत्थितपृष्ठासन
२३) अर्ध भेकासन
२४) बकासन
२५) शीर्षासन
२६) उर्ध्व पद्मासन
२७) गोरक्षासन (१-२-३)
२८) शवासन
घ) प्राणायाम तथा ध्यानम्
१) मुखधौति
२) हुँकार (त-दा-बा)
३) भ्रामरी
४) काकी
५) मूर्छा
६) कपालभाति
७) उद्गीथ
८) मूलबन्ध
९) ध्यान
१०) शान्ति: पाठ
हठयोगको बारेमा थप आधिकारिक प्रशिक्षण , जानकारि ,वा साधानामा सहयोग खोजिरहनु भएको छ भने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजा द्वारा नियमित सन्चालितकार्यक्रमा विश्वको जुन सुकै स्थान बाट जोडिएर नि:शुल्क लाभ उठाउंन सक्नु हुन्छ । विश्वका ३२ राष्ट्रका १८०० भन्दा बढिले नियमित लाभ उठाइरहनु भएको यो अभियान सम्पूर्ण नेपाल प्रेमि र य्गो प्रेमिहरुको साझा अभियान हो ।
विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज परिवार (GSPSS) समाजद्वारा आयोजित वैश्विक मान्यता प्राप्त २०० घण्टा देखि १५०० सम्मको योग शिक्षक प्रशिक्षण नित्य दिन सहभागि भई नि:शुल्क लाभ लिनसकिने छ । आफ्नै दीर्घ साधना अनुभव बाट खारिएको ज्ञान, विश्वका योगा अलायन्सको ईजाजत प्राप्त पाठ्यक्रम , विश्वका विश्वविध्यालयका अनुसन्धान र शाष्त्रिय रुपले प्रमाणित हाम्रो शिक्षक प्रशिक्षण अन्तर्गतको योग पाठ्यक्रममा , रोग अनुसारको योग ,संष्कृत, खगोल गणित ,वाक कला , आयुर्वेद ,प्रार्थमिक उपचार , वास्तु विज्ञान ,अङ्रेजि भाषा ,तन्त्र ध्यान ,षटकर्म,उपनिषद,वैदिक गणित अध्ययन गर्न सक्नु हुनेछ । नेपाललाई गुरुदेश बनाउंने यो महायज्ञमा अवश्य सरिक हुनुहुनेछ । नित्यब्रम्ह मुहुर्तको तन्त्र ध्यान नेपाली समय ४ -५बजे । ५-६:३० प्रात: योग शिविर सन्चालन गर्दै आएको यो अभियानमा जोडिन निम्न फेस बुक लिन्क(https://www.facebook.com/Globalpeacesociety108) वा वेबसाइटमा(http://www.gspss.org.au/yoga-courses/) जान सक्नु हुनेछ ।( यो सामग्रि स्रोत नखुलाई कतै प्रकाशन वा व्यापारिक प्रयोजनमा ल्याउंन निषेध छ -असनेपाल न्युज परिवार )
(लेखक आचार्य राजन शर्मा ,विगत ३० वर्ष देखि योग साधनाको अनुसन्धान र अभ्यासमा जुट्नु भएको व्यक्तित्वहुनुहुन्छ । जसले विभिन्न देशका विश्वविध्यालय बाट ६ वटा बिषयमा(MA) स्नात्तकोत्तर गरिसक्नु भएको र अष्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालयको प्राध्यापक , महाशक्त्ति योग पद्द्तिको प्रणेता तथा योगका विविध ३ विषयमा वर्ल्ड रेकर्ड राख्नु भएका ब्यक्ति हुनुहुन्छ । विश्व योग आलायन्सले विश्वका २९ प्रभावशालियोग गुरुको सूचीमा राखेको पहिलो नेपाली योग गुरु आचार्य राजन शर्मा ,सुखसूत्र , प्रश्नमा ईश्वर ,मन्त्र विज्ञान,भत्किएको पर्खाल लगायत थुप्रै उत्प्रेरणात्मक कृतिका सर्जक पनि हुनुहुन्छ ।)
थप जानकारि र योगको आधिकारिक भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्:
https://www.youtube.com/c/TheMindPowerSociety/search?query=yoga%20








