“प्राकृतिक उपायद्वारा मात्र तनावलाई निर्मुल पार्न सकिन्छ” : आचार्य राजन शर्मा

असनेपाल न्युज । त्रसित हुनु, चिन्ता लाग्नु, निन्द्रा नलाग्नु आत्तिनु, गाह्रो परिस्थितिहरुमा स्थिर हुुनसक्नु तनावका प्रमुख लक्षणहरु हुन् । अस्ट्रेलियाको “GSPSS “ले गरेको  एक अनुसन्धानले देखाएको छ कि, संसारमा सबैभन्दा धेरै बिक्ने भनेको तनावको औषधि हो । यति धेरै विज्ञानका प्रयोगशालाहरु छन्, अस्पतालहरु छन् तर पनि मान्छेको तनाव किन बढिरहेको छ त ? के कारणले होला किन कम गर्न नसकेको होला ? विश्वमा धेरै स्थानमा गरिएको योग शिविरहरुमा गरिएको “स्ट्रेस म्यानेजमेन्ट’ सम्बन्धि विभिन्न नतिजाहरु र अनुसन्धानको नतिजा अनुसार आफूलाई तनाव भएको छ भन्ने नै थाहा नपाईकन माानिस तनावमा बाँचेको हुन्छ । तर तनाव भइहालेको छ भने पनि  नआत्तिनुहोस । यदि तलका बुँदाहरुलाई राम्ररी पालन गर्नु भयो भने  चिन्ता र तनावलाई तपाइले जीन्दगीभर टाढा राख्न सक्नुहुनेछ ।

१ काम र आरामको सन्तुलनमा रहनुस् ।

२  आफ्ना  गुनासो वा अभिव्यक्तिहरु कापिमा लेख्नुहोस् ।

३  असल मित्र वा विश्वासिलो आफन्तलाई मात्र दु:ख बाढ्नुहोस् यदि यो संभव नभए वनस्पतिहरुलाई सुनाउनहोस्

४  झरना, खोला, पहाड, जंगल, बगैचा जस्ता प्राकृतिक वस्तुहरुलाई हेरेर आनन्दित हुनुहोस् ।

५  आफूलाई मन पर्ने काम गर्नको लागि समय छुट्याउनुहोस, जस्तो नाच्नु, गाँउनु, गीत संंगीत सुन्नु, जिममा जानु, लेख्नु, पढ्नु, घुम्नु आदि । तर खराब काम कुरा गरेर आनन्द लिने होइन ।

६  अत्यावश्यक नपरेसम्म बिहान १० बजेसम्म समाचार नसुन्नुहोस, फेसबुकहरु वा कुनै सोसल मिडियाहरु नचलाउनुहोस्, सकारात्मक भन्दा नकारात्मक खबरहरु धेरै आउछन् । नकारात्मक समाचारले दिनभर असर गर्छ र खिन्नताले भएको उर्जा पनि सकिएर जान्छ ।

७  एलोपेथिक औषधि प्रयोग नगर्नु त्यो सबै रसायनिक प्रतिक्रियाबाट आएका औषधिहरु हुन । त्यसको सट्टा आयुर्वेदिक औषधिबाट र विश्राम गरेर तनाव हताउनतिर लाग्नुहोस ।

८  प्राकृतिक चिकित्सा, ‘जलथेरापि’, सुर्यथेरापि जस्ता पद्धतिबाट निको पार्ने प्रयास गर्नुहोस् ।

९  दैनिक रुपमा कम्तिमा ३० मिनेट योग वा शारिरिक कसरत गर्नुहोस् ।

१०  हामीले जस्तो खाना खाल्छौ मन र शरीर पनि त्यस्तै हुन्छ । तामसी भोजन र जंक फुडखान आजैदेखि छोडनुहोस् । त्यसैगरी भोजनमा सेतो भात, मैदा, चिनी आदि हटाउ ।

११  रक्सी चुरोट गाँजा चरेस जस्ता मादक पदार्थ लिएर तनाव हट्छ भन्ने भ्रममा नपर्नुहोस् । यसले त तनावलाई झन आगोमाथि घिउ थपेजस्तो गर्छ । यस्ता पदार्थ खानेहरुको संगत पनि नगर्नुहोस् ।

१२  समूहमा गएर आफ्नो रीस प्रकट नगर्नुहोस् । तनाव भएको व्यक्तिले घरमा भएको परिवारलाई, छिमेकीलााई र जनावरलाई समेत असर पार्छ ।

१३  रीस उठेको बेलामा पानी पीउने र एकान्तमा रहने गर्नुहोस् ।

१४  तनाव हटाउने मुख्य उपाय भनेको दान दिनु हो । आफूसँग भएको चिजबिज वा समय दिएर सघाउनु, त्यो पनि संभव नभए अरुलाई मुस्कान मात्र भएपनि दिनुहोस ।

“तनाव के हो चिनौ र यसबाट मुक्त्त बनौ ।, निराश हुनु जीवनको अभिसाप र मृत्यू हो भने आशा भनेको जीवन हो ।”

(यसबारेमा थप ज्ञान पाउनको लागि यो भिडियो हेर्नुहोस तपाईलाई तनावबाट ठूलो राहत मिल्नेछ ।)

 

 

सम्बन्धित शिर्षकहरु