अरुलाई छिट्टै प्रभावपार्ने दमदार सकारात्मक वाक्यांशहरु (भिडियो सहित )

अरुलाई छिट्टै प्रभावपार्ने सकारात्मक वाक्यांशहरु

अन्तरार्ष्ट्रिय उत्प्रेरक :योगी आचार्य राजन शर्मा

१)तपाईलाई धेरै पर्खिएँ ,तर भेट्ने साैभाग्यशाली बन्न सकिन ।

२)तिम्रो हातै स्वादिलो ,नुन चर्को र पिरो बढि हुँदापनि खाना स्वादिलो छ।

३)तपाईको गालिले मन दु:खेको होइन ,तपाईले राखेको माग पुरागर्न नसक्ने म कस्तो भनेर सोचेको ।

४)तपाईलाई बारम्बार फोन गर्दा पनि ,तपाईको आवाज सुन्ने भाग्यमानि बन्न सकिन ।

५)मैले पैसा फिर्ता नपाएर केहि छैन ,तर तपाई उधारो तिर्न नसकेर दु:खि बनेको देख्न सक्तिन्न ।

६)रिसमा तिम्रो दोष छैन ,तिमिभित्रको दिमागि रसायनको असन्तुलन भएपछि के लाग्छ ,छिट्टै सन्तुलित हुन्छ।

७)अनुत्तिर्ण भयाै केहि छैन ,फेल जीवनको अन्त्य होईन ,सफलता खोज्ने नयाँ बाटोको सुरुवात हो ।

८)तपाई ढिलो हुनुभयो केहि छैन ,नायकहरु अन्त्यमै
आउँछ्न तर अर्को पटक भूमिका बदल्नु होला।

९)निन्दा गरे ,केही छैन तपाई अस्तित्वमा हुनुहुन्छ ,पूर्ण प्रशंसा त चितामा मात्र हुन्छ।

१०)दु:ख भयो ,सङ्कटमा हुनुहुन्छ यो पनि टरेर जाने छ।

असनेपाल न्युज सिड्नी ।
हामीले प्रयोगगर्ने शब्दहरुले धेरै मानिसहरुको बिचमा एउटा द्ववन्दपनि निम्त्याउन सक्छ भने सुखी र आन्दको क्षणपनि दिलाउंन सक्छ । त्यसैले भन्ने गरिन्छ शब्दहरुमा जादुहुन्छ भनेर तर वास्तवमा शब्द आफैमा जादु होईन ,शब्दलाई जादु पार्नकोलागि हामि भित्र रहेको चेत र चेतना छ। त्यो चिज र जागरुकता छ त्यो जागरुकताले शब्दलाई एउटा जादुमय बनाईदिन्छ ।हामीले बोल्ने बोलिले कसैको मन तुरुन्त दुख्नसक्छ भने जुरुक्क उठ्नपनि सक्छ तसर्थ बोलिर र वानिलाई जति सुधारियो जति हामिले राम्रोबन्न सकियो व्यक्तिको परिचयपनि बोलिले दिन्छ तसर्थ भाषा संचारको माध्यम मात्र होईन व्यक्तिको परिचय पनि हो ।

वानी जति बोलियो त्यति राम्रो हुन्छ ,सस्कृतमा भनियको छ “सत्यं ब्रुयात प्रियं ब्रुयात “सत्य तितोहुन्छ तर त्यही तितोलाई मिठो तरिकाले बोल्न सकिन्छ शब्द मात्र फेरबदल गरे पुग्छ अरुकेही गर्नुपर्दैन ।घरको मान्छे रिसाईरहनु भएको छ त्यो रिसको बेलामा तपाई सकारात्मक शब्द बोल्नुभयो भने राहत मिल्न सक्छ जस्तो कि रिस उठेको मान्छेलाई रिसाउनु तपाईको दोष होईन ,तपाई भित्र रहेको रसायनहरुको असन्तुलन हो रसायनहरु जब असन्तुलन हुन्छ्न तब तपाईलाई रिस उठेको हो केही छैन एकछिन पछि रसायन सन्तुलनमा आईहाल्छ नि यस्ले केही फरक पार्दैन ,हजुर राम्रो मान्छे हो यत्ति मात्रै भन्ने हो भने त्यो मान्छेलाई एउटा उत्साह जाग्न सक्छ ।

यदि त्यस्तै गरेर तपाईको घरपरिवारमा धेरै सामानहरु कहिलेकाही हातबाट छुट्दा फुट्दा एकदमै आक्रमक भएर प्रस्तुत हुनुभन्दा त्यही कुरामा ओहो !केहि छैन तपाईको हातमा चोट लागेननि केहि छैन सामान किनाैला भनेर भन्न सक्नुहुन्छ ।तपाईको साथीले मित्रले धेरै प्रयास गर्दापनी फोन उठाईरहेको छैन भने तपाईलाई दिक्दार लागिसक्यो भने तपाईले भेट्नासाथ नराम्रोसंग गुनासो गरेर प्रस्तुत हुनुभन्दा त्यही कुरालाई सभ्य तरिकाले तपाईसंग बसेर धेरै मिठा कुरागर्ने मेरो ईच्छा थियो तर मलाई साैभाग्य मिलेन मेरो भाग्यमै रहेनछ आज फोनै उठेन यत्ति भन्नु भो भने त्यो मान्छेमा तपाईले गालिगरेर थर्कायर जुन प्रभाव पार्न खोजिरहनु भएको छ त्यो भन्दा यस्ले धेरै प्रभावपार्न सक्छ त्यसै गरेर तपाईले कोहि कसैसंग पैसा उठेको छैन बारम्बार फोनगर्नु पर्‍यो ,नराम्रो भनिरहनु पर्‍यो भन्दा तपाईले त्यही कुरालाई राम्रो तरिकाले भन्न सक्नुहुन्छ ,मलाई तपाईले पैसा तिर्न सक्नुभएन भनेर मन दुखेको होईन ,तर तपाईले आफुले लियको ऋण तिर्न नसकेर दुखी भैरहेको हेर्न नसकेको मात्र हुँ भन्न सक्नुहुन्छ ।त्यस्तै तपाईलाई धेरै गाली गर्‍यो भने देखि तपाईले यसो भन्न सक्नुहुन्छ ,ओहो !

तपाईले गाली गरेको कारणले म रिसाएको होईन, दुखेको होईन बरु तपाईले मागेको कुरा पनि पुर्‍याउन नसक्ने म कस्तो होला भनेर सोचेको भन्न सक्नुहुन्छ ।त्यसरी कोहिमान्छे ढिलोआयो भनेदेखी आउनासाथ उस्लाई हतोत्साहित पारेर किन ढिलो आयको चांडो आउनुपर्दैन यहि हो समय आउने भन्नू भन्दा ,त्यही कुरालाई तपाईले तपाई ढिलो आउनुभयो ठिकै छ नायकहरु ढिलै आउँछ्न तर अर्को चोटि भूमिका परिवर्तन गर्नुहोला है भन्नू भयो भने देखि नायक भनेकोमा उहाँ प्रफुल्लित पनि हुनुहुन्छ उहाँलाई एउटा प्रेरणा पनि मिल्छ अर्को चोटि मैले साँच्चै मित्रलाई दुखाएछु भनेर त्यही शब्दलाई नै त्यही सत्यलाई नै अर्को तरिकाले बोल्न सक्नुहुन्छ ।तपाईको पत्नीले अथवा जीवन साथिले खाना बनायर बसिरहनु भएको छ भनेदेखी पति अथवा पत्नीले आएर बस्ना साथ आउनासाथ केहो ?

यस्तो खान बनाउन आउदैन मीठो छैन यो छैन त्यो छैन भनेर त्यही कुरा भन्नलाई पनि अहो !खानात निकै मिठो गरेर पकाएको देखिन्छ बास्नापनी निकै मिठो छ ,स्वादिलो छ हात तिम्रो अलिकति नुन यसमा भएको भए राम्रो हुन्थ्यो होला त्यसले एउटा साैहार्दपुर्णगर्ने एउटा माैका दिन्छ त्यस्तै गरेर कोहि मान्छेलाई मलाई कस्तो छ यो कपडा लगाएको हेर्नुहोस त भन्दा खेरी ए सुहाएन तिम्लाईत खतम भन्नू भन्दा यो पनि राम्रो छ तर यो लगाई दियो भने अझ राम्रो देखिन सक्छ भन्ने हो भने त्यही शब्दले नै तपाईलाई एउटा माथी उठाउन सक्छ ,त्यस्तै गरेर कोहि मान्छेलाई एकदमै गालिदिई रहेको छ उस्लाई भन्न सक्नु हुन्छ भने देखि त्यो मान्छे झगडा गरिरहेको छ एकदम उत्तेजक भैरहेकोछ भनेदेखी उस्लाई तपाईले हेर्नुहोस त तपाई निकै राम्रो मान्छे हो ,तपाईले यस्तो कार्य गर्न सुहाउँदैन नि तपाई फर्किनुहोस ,तपाई आफ्नो सामान्य अवस्थामा फर्किनुहोस हजुरलाई यस्तो गरेको सुहाउँदैन भन्नू भयो भने तपाईले उस्लाई उत्साह मिल्छ त्यही कुरालाई अर्को नराम्रो तरिकाले प्रस्तुत हुनुभयो भनेउस्मा तेल थपे जस्तो हुन्छ ।
तपाई पसल अथवा सेवा कार्य कुनै एउटा कार्य ग्राहक आउनु भयो घुम्नु भयो धेरै बेरसम्म्न उहाँ केही न किनिकन फर्किनु भयो अथवा केही सेवा नलिईकन फर्किनु भयो अथवा सोध्न मात्रै आउनु भयो भनेपनी ओहो !धन्यवाद तपाई यहाँ सम्म आएर मेरो पसलको बारे जानकारी लिनुभयो आभार शब्द प्रकट गर्नुभयो भने त्यो ग्राहकलाई अर्को पटक आउन मन लाग्छ त्यही शब्द बदलेर नराम्रो तरिकाले प्रस्तुत हुनुभयो भने छुच्चाे भनेर अर्कोपटक आउन मन गर्दैन तसर्थ शब्द मात्र फेरबदल गरियो भने सधैं जीवन फरक हुने गर्दछ “एपिजि अब्दुल कलाम” का पिताले माताले डढेको रोटि राख्दिदा पनि केही नभनी खानु भयो छोराछोरीले अनाैठो लागेछ बुबा हजुरले किन यो डढेको रोटि पनि खानुभयो

आमालाई एक शब्द पनि भनु भएननि भन्दा खेरी उनले जवाफ दिए ,हेर बाबु यो डढेको एउटा रोटि भन्दा यो घरको शान्ति मलाई धेरै प्रिय छ भन्दा त्यही कुरा त्यो माैनताले गर्दाखेरी अझ पत्नीलाई ओहो !रोटि डढ्दा पनि मेरो पति चुप्प लागेर खानुभयो भनेर उहाँलाई अर्कोचोटीलाई प्रेरणा भयो र थप सजग भयर पकाउनलाई शान्ति पनि बिथोलियन ।

तपाईले भनेको कुरो कसैले मानेन गलत काम गलत काम गरिरहेको छ भने देखि तपाईले त्यो शब्दलाई बङ्ग्यायर टेढ्यायर अन्य गाली अथवा अप शब्द तल्लो स्तरको शब्द प्रयोग गर्नुभन्दा तपाईले त्यसैमा ठिकै छ तपाईको विचार हो तर म भैदिएको भए यसो गर्दैनथे भनेर तपाईले भन्न सक्नुहुन्छ ,अर्को कुरा कोहि अनुत्तीर्ण भएर आईरहेको छ कुनै परिक्षामा ,कुनै विषयमा भनेदेखी य तिम्रो जीन्दगी वर्वाद भयो ,यत्ती पनि नगर्ने भनेर आफ्नै छोराछोरीलाई गालीगर्नु भन्दा अब तिमिलाई सजाय दिन्छु भन्नू भन्दा केहि छैन अनुत्तीर्ण हुनु जीवनको समाप्ति होईन सफलताको लागि अर्को बाटो खुल्नु हो।

एउटा फरक खालको बाटोमा यात्रा गर्नको लागि सुरुवातको बिन्दु प्रारम्भ हुनु हो भनेर तपाईले भन्न सक्नुहुन्छ ।त्यस्तै कोहि बिरामी भयर अस्पतालमा हुनुहुन्छ भने तपाईलाई रोग लागेछ है भनेर हतोत्साहित गर्नु भन्दा ,तपाई ठिक हुनुहुन्छ धेरै रोग लागेका बिरामी त ठिक हुनुभयको छ भने हजुरको त सम्भावना धेरै छ भनेर प्रेरणात्मक कुराहरु दियर बिरामीलाई हाैसला बढाउन सक्नुहुन्छ वास्तवमा शब्दहरुले सोच र स्थितिलाई परिवर्तन गरिदिन्छ तसर्थ तपाई हामी पनि दु:खको कारण बनेर अरुसंग अाैला उठाउनु भन्दा अरु कारणले म बिग्रे भन्नू भन्दा ,अरु कारणले मलाई रिस उठ्यो भन्नू भन्दा ,अरु कारणले म वर्वाद भएं भन्नु भन्दा कम्तिमा हामि आफैं जिम्मेवारी छैनाै हामि आफैं आभारका शब्दहरु खोजाैं। त्यहि शब्दलाई एक चोटि माैन भएर त्यसको वैकल्पिक शब्दहरुलाई प्रस्तुत गराैं हामी आफू पनि सुखी बनाैं अरुलाई पनि सुख बाडाैं र सुन्दर सकारात्मक समाज निर्माण गराैं ।

अरु थप उत्प्रेरणात्मक भिडियोहरु:

https://www.youtube.com/c/TheMindPowerSociety/videos

सम्बन्धित शिर्षकहरु