नेप्लिज् पेनसस् कमिटीले खरिद गर्‍यो बस

सिड्नी, २८ जेठ ।  सिड्नीस्थित पेन्सस्मा रहेका नेपाली संस्था नेप्लिज् पेनसस् कमिटी (NPC-पेन्सस् नेपाली समुदाय) ले सवारी साधन (भ्यान) खरिद गरेको छ ।
बालबालिका, ज्येष्ठ नागरिक, अशक्त एवं समस्यामा परेका मानिसलाई सहयोग गर्ने उद्देश्यले सवारी खरिद गरिएको संस्थाका अध्यक्ष लक्ष्मण श्रेष्ठले अस्नेपाल डटकमलाई जानकारी दिनुभयो । अष्टे«लियामा रहेका नेपाली संस्थामध्ये बस खरिद गर्ने एनपिसी पहिलो संस्था बनेको छ । बस यहाँ बस्ने नेपालीलाई आइपर्ने समस्या समाधान गर्न पालैपालो काम लाग्ने संस्थाको भनाई छ ।
यहाँ बस्ने नेपालीले रकम जम्मा गरी खरिद गरेको बसले आपसी मेलमिला, एकता र सद्भाव अझ बढ्ने विश्वास गरिएको संस्थाका सदस्य हरि श्रेष्ठले बताउनुभयो । ज्येष्ठ नागरिक र यहाँ आई बसोवास गरेर विभिन्न समस्यामा परेकाका लागि बसका माध्यमबाट सहयोग पुग्ने उहाँको भनाई छ ।
संस्थाले शब्दमालासँग समन्वय गरी यहाँका बालबालिकालाई नेपाली भाषा, योग शिक्षा, पूर्वीय संस्कारसमेत सिकाउँदै आएको छ । विदेशमा बसे पनि आफ्नो भूमिका ज्ञान, विज्ञान जान्न यसबाट मद्दत मिलेको छ । चाडपर्व, रीतिरिवाज मनाउने क्रममा विभिन्न स्थानमा रहेका नेपालीलाई जुटाउनसमेत सवारीले सहयोग पुग्ने पेन्सस्मा बस्दै आउनुभएका  श्याम  केसीले सुनाउनुभयो ।
यो समुदायमा धेरै नेपाली आबद्ध रहेकाले विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्न संस्थाको आफ्नै सवारी भएपछि सहयोग पुग्ने यहाँ बसोवास गर्ने धेरै नेपालीको विश्वास छ । यहाँ आएर बसोवास गरी आपत्मा परेकालाई सहयोग गर्न पनि सहज हुने जनाइएको छ ।
संस्थाका अध्यक्ष श्रेष्ठको पहलमा  मन्त्री डेभिड कोल म्यानसँगको सहयोगमा एक मिलियन डलरको सामुदायिक भवन प्राप्त गर्नसमेत संस्था सफल भएको छ । यस कामको यहाँ बस्ने सबै नेपाली संस्थाले सराहना गरेका छन् । नेप्लिज अष्ट्रेलिटयन एसोसियसन (NAA) ले पनि सो संस्थाको प्रयासमा सहकार्य गर्दै आएको छ ।
यसरी प्राप्त भएको सामुदायिक भवनलाई पनि छिट्टै प्रयोगमा ल्याउने तयारी भएको छ । अष्टे«लियामा नेपालीले बसोबास गरेको तीन दशक पूरा भएपनि  संस्थागत रुपमा सवारी खरिद  र सामुदायिक भवनमार्फत्  सेवा भने नेप्लिज् पेनसस् कमिटी (NPC) ले पहिलोपटक दिन लागिएको संस्थाको भनाई छ ।

May be an image of text that says 'Nepalese Penshurst Community 7 FOR MORE DETAILS: LAXMAN SHRESTHA PRESIDENT NEPALESE PENSHURST COMMUNITY M: 0432 614 284 FREE VAN USE FOR UPTO 10 DAYS το THOSE WHO HAVE DONATED $500 OR MORE. Conditions Apply "LET'S JOIN HANDS IN THE CONTRIBUTION FOR THE PURCHASE OF COMMUNITY VAN"'

सम्बन्धित शिर्षकहरु