समय व्यवस्थापनको लागि शक्तिशालि उत्प्रेरणाहरु (भिडियो सहित )
1)समय व्यवस्थापनको लागि सबैभन्दा पहिला तपाईले समय सिमा निर्धारण गर्नुपर्यो , म किन बाँचेको छु भन्ने एउटा दिशा निर्देश हुनुपर्यो।

2 ) समय व्यवस्थापनको लागि चाहेको विषय प्रति त्याग हुनुपर्यो ,त्यसमा ‘डेडिकेसन’ अर्थात संकल्प ,’कमिट्मेन्ट’तपाई जसरी पनि मैले यो प्राप्त हुनु छ भनेर एउटा ‘डेडिकेसन’ ल्याउनु पर्यो ।।
3) समय व्यवस्थापनको लागि तपाईको दैनिक दिनचर्या खाने ,सुत्ने ,उठ्ने ,जाग्ने ,समय सिमाप्रति अनुशासन कायम गर्नुहोस्।
4) समय व्यवस्थापनको लागि तपाईले जहिले पनि समय सिमा तोक्नु पर्यो ,जस्तो कि कुनै दिन गराैंला ,भैहाल्छ नि ,होलानी त भोलि ,अथवा पर्सि ,एक न एक दिन भैहाल्छ नि ,यो कुरा छोडेर ईच्छालाई दृढसंकल्पमा बदल्नुहोस्।
5)समय व्यवस्थापनको लागि तपाईले झिना मसिना अनावश्यक कुरा प्रति ‘नो’ भन्ने शक्तिको विकास गर्नुहोस् ।
6) समय व्यवस्थापनको लागि तपाईले जहिले पनि दैनिक ‘डाईरी’ लेख्नु पर्यो अर्थात ‘डाईरी’ साथमा हुनुपर्यो ।।
7) समय व्यवस्थापनको लागि तपाईको शरीरलाई उर्जाशिल बनाईरहनु पर्यो ,अर्थात स्वस्थ ,निरोगी र उर्जाशिल हुनुपर्यो।
8 ) समय व्यवस्थापनको लागि तपाईको सोचमा सकारात्मक र पद्धति बद्ध रुपमा योजना हुनुपर्यो ।
9)समय व्यवस्थापनको लागि तपाईले आफ्नो लक्ष्य किटान गरेर महत्त्वपूर्ण कुरालाई प्राथमिकताको सूचिमा राख्नु पर्यो।
10) दैनिक दिनचर्याको मुल्यांकन निरन्तर गर्नुहोस् । जसले अर्को दिनको लागि
श्रेष्ठ सफलताको लागि सघाउं छ ।
भिडियो को लागि तलको लिङ्क हेर्नु होला ।
https://youtu.be/IlX6Z3l5rPU
https://youtu.be/IlX6Z3l5rPU









