काठमाडौं । नेपालमा कोरोना खोप ल्याउन निजी कम्पनीले अनुमति पाएको छ । अघिल्लो शुक्रबार नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिन नेपाल ल्याउन निजी कम्पनीले अनुमति पाएको हो । भारत बायोटेकको नेपालस्थित आधिकारिक एजेन्ट इमराल्ड फर्मा काठमाडौँले खोप आयात गर्न औषधि व्यवस्था विभागबाट अनुमति पाएको हो ।
अनुमति पाएसँगै करीव दुई सातामा यो कम्पनीले खोप ल्याउन सक्ने भएको छ । यद्दपी निजी क्षेत्रले ल्याएको खोप सरकारले खरिद गर्ने वा निजी क्षेत्रलाई नै प्रयोग गर्न दिने भन्ने विषय भने निर्धारण भएको छैन । अहिले नेपालमा सरकारी स्तरबाट मात्र खोप आइरहेको छ ।







