सन २०१८ मा अमेरीकाको नर्थ क्यारोलिनामा स्थापना गरिएको सामाजिक संस्था लभ एण्ड सपोर्ट हाल विश्वका विभिन्न देशहरुमा समेत फैलिएको छ। यसैगरि सो संस्था लभ एण्ड सपोर्टले नेपालका निम्ती सांगीतिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई निम्न पदहरुमा चयन गरेको छ। सो संस्थाले नेपालका लागि वरिष्ठ संगीतकार शुभबहादुर सुनामलाई अध्यक्षको रुपमा चयन गरेको छ भने , वरिष्ठ गीतकार बुद्धवीर लामालाई उपाध्यक्ष तथा वरिष्ठ संगीतकार आनन्द राईलाई महासचिवको रुपमा चयन गरेको छ।

सो संस्थाले नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
उहाँहरू सम्पूर्णलाई असनेपालन्यूज परिवार हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ।








