काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से १४.०७ अंकले घटेर १२३३.२घ अंकमा झरेको छ । बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.१० अंकले ओरालो लागेको छ । आइतबार कारोबारमा आएका होटलबाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । बजारमा १५८ कम्पनीका ६ लाख ६४ हजार ५२१ कित्ता सेयर ४ हजार ३ सय ६१ पटक खरिदबिक्री हुँदा २४ करोड ५० लाख रुपैंया बराबरको कारोबार भएको छ ।









