बुढेशकाल, डाँफे नाँचेर , बाजेका पालामा लगाएत दर्जनौ गितका पुराना श्रस्टा गायक बुद्धि सागर बश्याल विदेशमै बसेर पनि नेपाली गीत संगीतको सेवामा लागेकाछन। उनै गायकले अहिले नंया लोक दोहोरि ” दुलहीको माया “बजारमा ल्याएकाछन।
नेपाली गीत संगीतमा मौलिकता हराउंदै गएको बेला नंया लोक दोहोरि ” दुलहीको माया “मा नेपाली मौलिक बाजाहरु प्रयोग गरि गीत तयार पारिएको उनले बताए। गीत संगीत संगै नेपालको प्रयटनको बिकास पनि गर्न सकिन्छ भन्ने हेतुले यो गीत र भिडियो तयार पारिएको गायक बश्यालले असनेपासन्यूजलाई बताए।
गायक बुद्धिसागर बश्याल र गायीका देबी घर्तिको मिठो स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ। सो गीतमा बि बि अनुरागीको एरेन्ज रहेको छ। म्यूजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन। चितवनको पदमपुर भन्नेठाउंमा छायंकन गरिएको सो गीत अत्यन्तै सुन्दर बनेको छ। 
सो गीतको निम्ती तलको लिंक क्लिक गर्न सक्नुहुनेछ।






