काेराेना र यसकाे उपचार: आसन, प्राणायाम, ध्यान !

गोविन्दबाबु तिवारी
पूर्व वरिष्ठ उपाध्यक्ष, जगदगुरु रामानान्दाचार्य सेवा पीठ

आदिम काल देखि वर्तमान सम्मकाे मानव समाजले विभिन्न कालखण्डमा विभिन्न खाले महामारी देखि थुप्रै प्राकृतिक प्रकाेप् र अनेकाैँ दुर्घटनाहरू व्यहार्दै आइरहेकाे छ ।सिलसिलावद्ध यस्ता अनपेक्षित घटनाहरू तर्फ विचार गर्दा मान्छेकाे यात्रा निरन्तर असुरक्षित र अनिश्चित भविष्य तर्फ नै भइरहेकाे दृष्टिगाेचर हुन्छ ।

यसबाट एउटा प्रश्न सहजरुपमै उठ्दछ कि-

आखिर यी घटना/दुर्घटनाहरु ” कहाँबाट,किन र कसरी ” उत्पन्न हुन्छन् र यसकाे ” समाधान ” के हाे ?

दु:खकाे कुरा,आजकाे उन्नत भाैतिक बिज्ञानले एकातिर यी प्रश्नहरुकाे तहमा प्रवेश नै गर्न सकेकाे छैन भने समाधान पनि तत्कालिककाे सूत्र भन्दा परलाई ठम्याउन सकिरहेकाे छैन । किनकि, ऊ ” कारणमा कारण हाेइन , पदार्थमा कारण ” खाेजिरहेकाे छ। जसले गर्दा यसकाे अन्तर्यमा रहेकाे मूल कारण ” मानवीय बिबेककाे स्खलन” लाई उसले ठम्याउन सकेकाे छैन ।

बिबेक प्रधान मान्छे , यन्त्र प्रधान भइदिँदा, आफ्ना स्थापित मूल्य/मान्यता,आचार/बिचारबाट स्खलित भएर ऊ स्वयं यस्ता घटना/दुर्घटना/महामारीकाे पीडा भाेग्न बाध्य भएकाे छ । यदि ऊ बिबेक प्रधान नै भएर प्राणीजगतकाे सह-जीवन चक्रलाई ताेड्न उद्धत हुँदैनथ्याे भने ! आफ्ना तुच्छ स्वार्थ पूर्तिका लागि सुन्दर प्रकृतिकाे अविवेकपूर्ण दाेहन गर्दैनथ्याे भने !! आफ्नाे भाेगलिप्सा र श्रेष्ठताकाे लागि शान्त समुद्रका पिँध देखि खुल्ला आकाश सम्मलाई प्रतिष्पर्धाकाे थलाे बनाउँदैनथ्याे भने !!! न अजकाे महामारी,न भाेलीकाे अनिश्चितता नै हुन्थ्याे । त्यसैले याे सबैकाे जिम्मेवार स्वयं मान्छे,मान्छे र मान्छे नै हाे ।त्यसैले भाैतिक विज्ञानले जतिसुकै बिकास गरेकाे माने पनि त्यसकाे परिणाम भने उत्तराेत्तर ह्रास नै भएकाे अनुभूति गर्न अहिले त्यही मान्छै नै बिवश भएकाे छ ।

के हाे त यसकाे समाधान् ?
——————————–
मान्छेले मान्छे नै भइदिन गरिने हरेक प्रयास र क्रीया नै यसकाे एकमात्र दीर्घकालिन समाधान हाे।
अर्थात् , मान्छे अब यन्त्रकाे दासत्वबाट आफनाे सवर्कालिक पूर्णत्व कै स्वाभाविक अवस्थामा अवस्थित हुन जरुरी छ । बियाेग हाेइन,नित्ययाेगकाे सिद्धान्तलाई अवलम्बन गर्न अपरिहार्य छ ।

यसका लागि उसले आफ्नाे शारीरिक आधिव्याधिलाई मानसिक स्वस्थताबाट उपचार गर्न पर्छ । यदि हामीले उपचारकाे याे सहज विधिलाई स्विका-याैँ भने र तदनुरुप आफूमा लागू ग-याैँ भने अहिलेकाे काेराेना महामारीकाे समनका साथै असुरक्षित भविष्यलाई समेत सुरक्षित गर्न सक्नेछाैँ ।

यसै पृष्ठभूमिबाट जगदगुरु रामानान्दाचार्य सेवा पीठका पीठाधिश महायाेगी सिद्धबाबा जगदगुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्यजी महाराजबाट मानव मात्रलाई तत्कालिन रुपमा काेराेना महामारीबाट उन्मुक्ति । दीर्घकालिनरुपमा सांसारीक बन्धनबाटै मुक्तिकाे उपचार र अभ्यासका लागि पन्ध्र दिवसीय साधन साधना कार्यक्रमकाे उदघाेष भएकाे छ । यस कार्यक्रम मार्फत तत्कालिन रुपमा-

* काेराेनाबाट संक्रमितकाे सफल उपचार र,
* असंक्रमितहरुलाई संक्रमणबाट बच्ने याेगचर्या/दिनचर्या र भाेजनचर्याकाे अनुशासित उपहार प्रदान हुनेछ भने,
दीर्घकालिनरुपमा-
*सभ्य, सुसंस्कृत,सुसंस्कारी शान्त र स्वनिर्भर मानव समाजकाे निर्माण र स्थापनामा अात्मानुशासनकाे महत्वपूर्ण अाधारकाे उदघाटन् हुनेछ ।
यस प्रयाेजनका लागि सहभागीहरुलाई याे पन्ध्र दिनमा , युक्त अाहार/विहार, कर्म/चेष्टा,नीद्रा/जागरणका सम्वन्धमा अत्यन्त सहज , सरल एवं प्रभावकारी उपायहरूकाे जानकारी तथा निम्नानुसारकाे अभ्यास गराइने भएकाे छ ।
*प्रातःजागरणकाल र यसकाे फाइदा ।
* प्रात:जागरण लगत्तै गर्न पर्ने स्वास्थवर्धक क्रीयाहरु ।
* उष:सेवन ।
*उदर सफाइकाे साधना अभ्यास ।
* विधियुक्त स्नान ।
* षडकर्म ।
* याेगाभ्यास ( आसन,प्राणायाम,ध्यान ) ।
* भाेजन,भाेजनकाल र भाेजन विधि ।
*कालक्षेप विधि र अभ्यास ।
* शयनकाल र विधि ।
* विचारकाे सिद्धान्त,चिन्तनकाे प्रक्रिया र अात्मअनुशासनकाे अभ्यास लगायत ।
साथै साधनाकालका लागि गर्नु पर्ने पूर्व तयारी , साधनाकालका पालनीय नियम अादि समेत समेटेर जगदगुरुबाट शीध्र नै निर्देशन जारी हुन लागेकाे छ ।अतःस्वास्थ रक्षाबाट मनुष्य जीवनकाे सार्थकताका लागि सचेत सबैले याे दिव्य र निशुल्क कार्यक्रममा सहभागी हुन याे एउटा अपूर्व अवसर सिद्ध हुनेछ ।

सम्बन्धित शिर्षकहरु