धोका खानु भयो भने यसरी बदला दिनुहोस् ! धोकाको पीडालाई निको पार्ने प्रेरणा (भिडियो सहित)

“अरुले धोका दियो भनेर चिन्तित भइरहनु ,आफैलाई झन ठूलो धोका दिनु हो ” : आचार्य राजन शर्मा 

श्वास रहेसम्म अगाडि बढि रहनु छ ।
सत्यको जित नभएसम्म लडिरहनु छ ।

प्रायजसो प्रेमि- प्रेमिका, नजिकको साथीभाई, नातागोताहरुबाटै मानिसले धोका पाएको उदाहरण थुप्रै भेटिन्छन् । मित्रहरु तपाईहरु कतिपयलाई पनि धोकाको चोटले पोलिरहेको हुनसक्छ । यस्ता चोटहरुले मानसपटलमा दुखाइरहन्छ यसलाई बिर्सनै सकिदैन । यसको औषधि कुनैपनि डक्टरले दिन सक्दैन । तर के यही चोट लिएर बाँचिरहने त ? अर्काले दिएको धोकाको कारण आफू अघि नबढने त ? भ्रुणबाट सुरु भएको हाम्रो जीन्दगी यहीदेखि नै धोका सुरु हुन्छ । चोटहरुबाट निको हुँन तलका बुँदाहरु हेर्दै जानुहोस् ।

1.प्रेम भनेको निरन्तर दिइरहनको लागि हो लिनको लागि होइन

2. यही कुरामा अलमलिएर नबस्नुहोस् ।

3. धोका पाएको बेला सम्भनुहोस्, जीन्दगीमा नँया मोडहरु आइरहेको छ  ।

4. चाहे अरुले जे सुकै गरोस्, विगतको कुरा सम्झेर दु:खिरहनु भन्दा त्यही कमजोरीमा टेकेर म महान बन्न सक्छु भन्ने अठोट लिनुहोस् ।
5.यदि यति गर्न सक्दै सक्नुभएन भने आफ्नो एकदमै नजिकको मान्छेलाई सुनाउनुहोस्

तर उसलाई नचिनिकन आफ्नो कहानी सुनाउन लाग्नुभयो भने तपाई झन ठूलो धोकामा पर्नुहुन्छ ।

6.उसको विवेक जस्तो थियो त्यस्तै, गर्यो अब त्यसलाई बिर्सनुहोस ।

7.ऊ प्रति आक्रोस भएर बस्दा, आफ्नो उन्नती गर्ने समय मात्र बर्बाद हुन्छ ।

8. इश्वरसँगको नातासँग जोडिनुहोस् कहिल्यै धोका हुँदैन ।

धोका बाट छुटकारा पाउन , अझ महत्वपूर्ण संदेश सुन्नको लागि तलको भिडियोलाई राम्ररी सुन्नुहोस :-

प्रेमिहरु भन्छन् , मौलाएर दुबो सरि, हरियालि छर्नुस् ।
इर्स्यालुहरु भन्छन् , पत्कर जस्तै तल, बढारिएर झर्नुस् ।
जे दिन्छौं, त्यहि फर्किन्छ संसारमा, -प्रेम वा धोका
अनुभवहरु भन्छन्, समयलेनै जवाफ दिन्छ,मात्र धैर्यगर्नुस् ।। 

😬When someone betrays you, it is a reflection of their character, not yours.

https://youtu.be/EQGLyR16LKw

 

सम्बन्धित शिर्षकहरु