काठमाडौं । (कोभिण १९) भाइरसको विपत्तिको कारण तीन महिनादेखि रोकिएको इटालियन फुटबल शुक्रवारदेखि सुरु हुने भएको छ ।
जर्मन बुण्डेसलिगा स्पानिस ला लिगा पछि अब इटलीमा पनि फुटबल शुरु हुन लागेको हो ।
इटलीमा कोपा इटालिय सेमिफाइनलको खेलसँगै फुटबल पुन सन्चालनमा आउन लागेको हो ।
इटालियन सिरि ए लिग भने २० जुन देखि शुरु हुनेछ ।
कोपा इटालियन अन्तर्गत शुक्रवार लिग लिडर युभेन्ट्स र एसी मिलानबीच दोस्रो लेगको खेल हुँनेछ।
खेल युभेन्ट्सको घरेलु मैदानमा नेपाली समयमअनुसार राती पौने १ बजे शुरु हुनेछ । यसअघि मिलानको मैदानमा भएको पहिलो लेग १-१ को बरारबरिमा सकिएको थियो । सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्ट्स ट्रेबल जित्ने दाउमा समेत छ ।
यस्तै अर्को सेमिफाइनलको दोस्रो लेगमा शनिवार इन्टर मिलान र नापोलीबीच खेल हुँदैछ । पहिलो लेगमा इन्टरले १-० को जित हात पारेको थियो ।
जुन १७ मा तय हुने कोपा इटालियाको फाइनल खेल सुरक्षित उपाय अपनाउँदै सुरु हुनेछ भने सबै खेल क्लोज डोरमा खेलाइनेछ ।








