को हुन् ओशो ? केही तथ्य ‘जो कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन्

हामीले जे सोच्छौं, जसरी सोच्छौं, त्यो पूर्ण नहुन सक्छ । हामी जे गर्छौं, जसरी गर्छौं, त्यो सही नहुन सक्छ । कतिपय कुरा हामीले सुनेर, बुझेर सिक्न सक्छौं ।

हुन त जीवनमा आफ्नै भोगाईबाट सिकेका कुरा बढी उपयोगी हुन्छ । तर, निश्चित अवधीका लागि बाँच्ने हामीले सबै कुरा भोग गरेर त्यसबाट हरेक कुराको निचोड निकाल्न सक्दैनौं ।

यसर्थ अरु व्यक्तिले भोगेका कुरा, जसबाट उनीहरुले केही सिके, त्यो हाम्रो निम्ति प्रेरणादायी हुनसक्छ । अतः यहाँ त्यस्तै प्रेरणादायी भनाईहरु पेश गरेका छौं, जो विभिन्न समयमा, विभिन्न विद्वानहरुले भनेका थिए ।

ओशोको जन्म सन् १९३१ मा भएको थियो । भारतको मध्य प्रदेशसिथत कुचवाडामा उनको जन्म भएको थियो । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकालमै उनलाई दर्शनमा रुचि भयो ।

उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरे । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापन गरे ।

उनले धर्म तथा विचारधारामाथि देशभरि प्रवचन दिए । उनको आकर्षक व्यक्तित्वका कारण मानिसमाथि असर पर्ने गर्थ्यो ।

प्रवचनका साथसाथै उनले ध्यान शिविर पनि आयोजना गरे । शुरुमा उनलाई आचार्य रजनीश पनि चिनिन्थ्यो ।

जागिर छोडेपछि उनले नवसंन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए ।

सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । त्यहाँ ओरेगनमा उनले आश्रम स्थापना गरे । यो आश्रम ६५ हजार एकडमा फैलिएको थियो ।

ओशोको अमेरिका प्रवास विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयस कार, डिजाइनर कपडाका कारण उनी सधैं चर्चामा रहे ।

ओरेगनमा ओशोका शिष्यहरूले उनको आश्रमलाई रजनीशपुरम नामक शहरका रूपमा दर्ता गर्न चाहे तर स्थानीयहरूले यसको विरोध गरे ।

त्यसपछि उनी भारत फर्किए ।

भारत फर्केपछि उनी पुणेको कारेगाँव पार्क इलाकामा रहेको आफ्नो आश्रममा फर्किए । उनको मृत्यु सन् १९९० को १९ जनवरीमा भयो ।

उनको मृत्युपछि पुणे आश्रमको नियन्त्रण ओशोका शिष्यहरूले हातमा लिए । आश्रमको सम्पत्ति करोडौं रुपैयाँ रहेको मानिन्छ र यसका लागि शिष्यहरूमा विवाद छ ।

ओशोको आश्रममा कुनै पनि संन्यासीको मृत्युलाई उत्सवजस्तो गरी मनाइन्थ्यो । तर ओशोको मृत्यु हुँदा त्यसको घोषणा एक घन्टाभित्रै उनको अन्तिम संस्कार गरियो अनि उनको निर्वाण उत्सवलाई पनि संक्षिप्त राखियो ।

ओशोकी आमा पनि आश्रममै बस्थिन् । ओशोको सचिव भइसकेकी नीलमले पछि एक अन्तर्वार्तामा उनको मृत्युसँग जोडिएको रहस्यका विषयमा कुरा गरेकी थिइन् । ओशोको निधनको जानकारी उनको आमालाई पनि ढिलो गरी दिइएको थियो ।

पुणेस्थित उनको समाधिमा लेखिएको कुराले पनि ओशोको महत्त्व थाहा पाउन सकिन्छ; ‘कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन् । उनी धर्तीमा ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० का बीचमा आएका थिए ।’

सम्बन्धित शिर्षकहरु