नेपालको पुनर्जागरणको अर्थ र आधार – जरोकिलो महाअभियान

इतिहासकाे सवैभन्दा राम्राे र जटिल समयमा हामी उभिरहेका छौं । याे समय युगौं पछि प्राप्त भएकाे छ | जहाँ विज्ञान, प्रविधि, धर्म र सहृदयता एकै स्थानमा सुसंयाेजन गर्ने आत्यन्तै ठुलाे जिम्मेवारी छ र माैका पनि हाे | हामी स्वक्रियात्मक भएर आ-आफैले सबै क्षेत्रबाट जति सकेको मुठी दान, समय दान, प्रविधि दान, विवेक दान, ज्ञान दान र अर्थ दान जे-जे सकिन्छ सबैले सक्ने दान गरौँ । याे हाम्राे इतिहास लेख्ने समय हाे । भविष्यका सन्ततिहरुलाई जवाफ दिन केहि गर्नु अत्यन्तै आवश्यक  छ । हामी सबैले आफ्नो कर्तव्य पुर्ण निष्ठापुर्वक स्वक्रियात्मक भएर निर्वाह गरौं ।

नेपालको परिप्रेक्ष्यमा, आधुनिकता र पुनर्जागरण दुवैलाई सँगसँगै अवलम्बन गर्ने प्रवृत्ति पृथ्वीनारायण शाहमा देखिन्छ । भीमसेन थापाले फ्रान्सेली पद्धतिको सिको गरी सेनाको पुनः संरचना गर्न खोजे । जब्गबहादुर राणाले बेलायत र फ्रान्सको यात्रापछि छापाखाना लगायतका विभिन्न प्रविधि भित्र्याए र नेपोलियन कोडको ढाँचामा मुलुकी ऐन बनाउन लगाए |
देवशमशेरले जापानी ढाँचामा विकासको योजना गर्न खोजे र राणाशासनको समयमा दरबार स्कूल खोल्ने आदि कार्यहरू आधुनिकीकरणका प्रयत्न अवश्यै हुन् । तर ती सबैका कार्यहरूमा पुनर्जागरण सचेतना पटक्कै थिएन । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा चाहिँ पुनर्जागरणमा आधारित आधुनिकताकै पक्षमा देखिन्छन् । तर, वीपी कोइराला वा पुष्पलालको कुरा गर्ने हो भने उनीहरूको आधुनिकताको ढाँचा नेपालको पुनर्जागरणमा आधारित आधुनिकता होइन । राजा वीरेन्द्रको आधुनिकताको ढाँचा पनि नेपालको पुनर्जागरणमा आधारित आधुनिकता होइन ।
अन्यत्रको इतिहास हेर्दा, इटाली, जर्मनी, बेलायत, फ्रान्स आदि युरोपेली देशले उनीहरूका सभ्यताको इतिहासमा अन्धकार युगबाट पुनर्जागरण युग हुँदै ज्ञानोद्दीपन (प्रबोध) युग र आधुनिक युगमा प्रवेश गर्ने क्रममा आफ्नै प्रकारको मान्यता, पद्धति, ढाँचा विकास गरे । तिनीहरूका हकमा पुनर्जागरण र आधुनिकताअन्योन्याश्रित परिघटनाहरू रहे । तर, संसारका कैयौँ देशहरूमा जुन आधुनिकीकरण एवं आधुनिकताको अभ्यास, प्रक्रिया, परिघटना घटित भयो, त्यो उनीहरूको मौलिक प्रतिमान अनुसारको, पुनर्जागरण सचेतनामा आधारित थिएन । आधुनिकता, आधुनिकीकरण, विकास भनेर युरोपेली–अमेरिकी प्रतिमानको विस्तार, विजय, प्रभुत्व भयो धेरै देशहरूमा । हाम्रा छिमेकी देशहरू इन्डिया र चाइनामा पनि धेरै समय पुनर्जागरणरहित आधुनिकता नै प्राथमिकता रहेको थियो । हालसालै मात्र त हो. इन्डिया र चाइनामा पुनर्जागरणको संकथनको मूलप्रवाहीकरण हुन थालेको । पुनर्जागरणको लागि आधुनिकता अनिवार्य तत्त्व हो, तर आधुनिकताका
लागि पुनर्जागरण अनिवार्य तत्त्व होइन रहेछ भन्ने तथ्य धेरै देशहरूको उदाहरणबाट उजागर हुन्छ । आधुनिकताको बाटो दुवैतिरबाट पक्डिन सकिन्छ :—
पुनर्जागरणको उज्यालोलाई स्वीकारेर, अथवा बाह्य (पराई) प्रतिमानलाई अँगालेर ।
उक्त दुई थरी आधुनिकतामध्ये हामीलाई चाहिएको चाहिँ पुनर्जागरणमा आधारित आधुनिकता हो ।

पुनर्जागरणको विशेषता नै हो कि प्राचीन समयको कुनै कालखण्डबाट केही
उज्यालो, अनुकरणीय, आदर्श उदाहरण वा प्रतिमान लिइन्छ र वर्तमानका साथसाथै भविष्यका लागि समेत उपयोगी प्रतिमान, सिद्धान्त, ढाँचा अभिनिर्माण गरिन्छ । तब न पुनर्जागरण र आधुनिकताको अन्योन्याश्रित सम्बन्धको कुरा गर्नु सार्थक हुन जान्छ ।
वास्तवमा, पुनर्जागरणमा आधारित आधुनिकता नै स्थितिगत्यात्मकताको कसीमा सर्वोत्तम ठहरिन्छ । हाम्रो आधुनिक चिन्तन र व्यवहार, आधुनिकता, आधुनिकीकरणको जरो र किलो हाम्रै सभ्यता, संस्कृति, इतिहासमा रहोस् । पुनर्जागरण रहित, पराइ प्रतिमानमा आधारित, जरो किलो नेपालमा नभएको आधुनिकताको धार त नेपालमा उहिल्यैदेखि विद्यमान छ र वर्तमान नेपालमा कपूतन्त्रको धार हो त्यो । कपूतन्त्रले चाहेको आधुनिकता होइन हाम्रो अभीष्ट । हाम्रो अभीष्ट त पुनर्जागरणद्वारा अभिनिर्मित, पुनर्जागरण सचेतनाद्वारा दिग्दर्शित, मौलिक रैथाने प्रतिमानमा आधारित आधुनिकता पो हो ।
अर्को पाटो पनि नछोडौँ । आधुनिकतारहित भएर कसैले पुनर्जागरणको कुरागर्यो  भने त्यो वास्तवमा पुनर्जागरण होइन, फगत् गफ हो । बुद्धिविलास ! त्यो काम लाग्दैन । आधुनिकतालाई आत्मसात् गर्न नसकेकाहरूले पुनर्जागरणको नाराबाजीको मुखौटो लगाएर अतीतजीवी, जडसूत्रवादी, कूपमण्डूकतावादी, प्रतिक्रियावादी कार्यसूची (एजेन्डा) बोकिरहेका पो हुन् कि । यो सधैँ हेर्नुपर्ने, शंका गर्नुपर्ने, जाँच्नुपर्ने कुरा हो । पुनर्जागरणका नाममा भूतकाल, विगत, इतिहासका सबै चिजबिज रिठ्ठो नबिराई बोक्ने त होइन नि । फोहोरमैला, विकृति, विसंगति त देशज, स्थानीय, आफ्नै भए तापनि त्याग्नुपर्छ ।

वृत्तं यत्नेन संरक्षेत् वित्तं आयाति याति च ।
अक्षीणो वित्ततः क्षीणो वृत्तस्तस्तु हतोहतः ।।
स्वभावलाई यत्नसाथ सुरक्षा गरौँ, धन त  आउँछ र जान्छ पनि । धनको विनाश हुँदा केही बिग्रिँदैन तर चरित्र बिग्रियो भने मरेकै समान हुन्छ ।

 

Image may contain: 2 people, people smiling, text that says "प्रस्तुत पुस्तक पुनर्जागरणको आधार निर्मलमणि विदेशमा समेत युगद्रष्टा, नेपालको पुनर्जागरणको आचार्य, महामहोपाच्याय उपाचि गरिसकिएको अचिकारीको अनुसम्धान, सिद्दधान्तीकरण, संगठन, संस्थानीकरण, मार्गनिर्देशन कार्यहरूमार्फत् नेपाल-केन्द्रित प्रतिमानलाई अर्थ र आधार मूलप्रवाहमा ल्याउनमा अग्रणी भूमिका अधिकारीको महाअभियानको स्थापना नेपालको युगलाई युगप्रवर्तनकारी निष्कर्षमा महाअभियान महागुरु निर्मलमणि अधिकारीका प्रवचनमा आधारित पुस्तकले पुनर्जागरणको सड्कथनलाई सुस्पष्ट दिशा विश्वास हामीले विज्ञानको बुद्धि प्रविधिको प्रगति धर्मको विवेक सहृदयताको सम्बन्ध 11 789937 039994 जरो किलो प्रतिष्ठान प्रतिष्ठान नेपाल निर्मलमणि अधिकारी आयोदधीम्य"

देश विग्रन धेरै समय लाग्दैन सपार्न वर्षौं लाग्छ | इतिहास हेर्यो भने गौरव मात्रै हुन्छ | जहाँ नुन देखि सुन सम्म सम्पन्न थियो | जस्तैः अन्नमा, अर्थतन्त्रमा, शिक्षामा, राजनीतिमा, कुटनीतिमा, सहृदयतामा आदि-आदि |

हामीले रोजेको बाटो कठीन छ, सत्य, समानानुभुति, प्रेम, दया, सहयोग , सहृदयता, विवेक आदिको भाषण होइन, व्यवहार गर्नुपर्ने छ | आफ्नो र आफ्नो समाजको विकासको लागि समानान्तर खट्नुपर्ने छ | यो बाटोमा न आफुले आफैलाई ढाट्नेहरू हिड्न सक्ने छन्,  न अरूलाई ठग्नेहरू नै हिंड्न सक्ने छन् | यहाँ अर्काको निन्दा तथा शिकायतका लागि कुनै ठाउँ हुनेछैन |
यो बाटोमा हिड्नेले सत्यसँग विश्वासघात नगर्ने वचन आफैलाई दिनुपर्छ | व्यक्तिको सम्मानका लागि आफ्नो सम्मान त्याग्ने हिम्मत गर्नुपर्छ | यहाँ त्याग हुन्छ तर त्यागीले समाज छोडेर हिड्न सक्दैन | त्यागको प्रमाण समाज मै रहेर गर्नुपर्छ | हामीले  रोजेको बाटो सन्यासीको होइन न त बुद्धको नै हो | यो कर्मको बाटो हो कर्मत्यागको बाटो पटक्कै होइन |


हामीले हाम्रो  जरोकिलो, मौलिकता तथा इतिहासको कदर गर्न सक्ने र पिछलग्गु बन्न   न चाहनेहरुको  लागि पुनर्जागरणको  बाटोले स्वागत गर्छ | सत्य तीतो, तीखो र अत्यन्त प्रभावकारी औषधि पिउन आँट नगर्नेहरूका लागि “जरोकिलो” विष सरह हो | यो पटक्कै पच्ने छैन तर सत्यको बाटो रोज्नेहरूका लागि यो अमृतपथ हो, अजेयपथ हो |
हामीले रोजेको नेपालको पुनर्जागरणको  बाटो ठीक छ किनभने यो विवेकशील रोजाई हो हो | यो आरम्भमा विषझैं देखिए पनि यसको अन्त्यमा अमृत छ | हामी  कसैको नक्कल होइन, कसैको प्रभाव होइन | हामी देखेको पुनर्जागरण प्राचीनमा प्राचीनतम् र नवीनमा नवीनतम् पथ हो | 

Image may contain: text that says "जरोकिलो महाअभियान"

नेपालमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शुरु गरेको वास्तविक पुनर्जागरणको यात्रालाई जरोकिलो महाअभियानले पुन: स्थितिगत्यात्मक भएर अगाडि सारेको हो | जरोकिलोको यात्रा युगद्रष्ट्रा गुरु डा. निर्मलमणि अधिकारीको आव्हान, संकल्प बाट स्थापना भएको हो | जरोकिलो आजको अवस्थामा आउँदा हजारौं राष्ट्रप्रेमी नेपालीको साझा घर बनेको छ | यो घरमा सारा नेपालीलाई स्वागत छ | हामी सबै मिलेर राष्ट्रको पुनर्जागरण गर्न अग्रणी बनौं |

नेपालको पुनार्जागरणको अर्थ र आधार पुस्तकको श्रव्य सामाग्री तल Youtube मा सुन्न सक्नुहुन्छ |

(स्रोत:- जरोकिलो सत्संग – राजन लोहनी)

 

सम्बन्धित शिर्षकहरु