कवि उदय निरौलाका छोटा कविताहरू

१.कविता
———-
उहिले उहिले ।
————-

उहिल्यै उहिल्यै हाम्रो पालामा
हेडसर भन्नुहुन्थ्यो
किन अाजित बनाउछौ नानी हो!
चाल्नोमा जति पानी खन्याए पनि
पटक्कै भरिँदैन।

फेरि हेडसर थप्नु हुन्थ्यो
कक्षाकोठाको मौनता भित्र
बालुवा कतिनै पानीले पनि पुरिँदैन।

हेडसर!भनिनै रहनुहुन्थ्यो
नानी हो !
झुसिलेलाई
काउसोले फरक कति पनि पर्दैन
हामी झुसिलेहरू
हेडसरको कुरा सुनिनै रहन्थ्यौं
बोतलमा खोयो ठोकेर।

२.म त भन्छु
————-

कवि!हरिभक्त कटुवाल भन्थ्ये
मन त फलामको भए हुने!
म भन्छु मन महाँसागरको भए हुने
धेरै धेरै अटाँउन सक्ने
पेन गुइन र डल्फिन एकातिर
सार्क र गोही अर्कोतिर
मुगा र मोति एकातिर
पाउलो र फोसिल्स
अर्कोतिर।

कवि कटुवाल भन्थे मन त फलामको भए हुने।
म भन्छु
मन त गुलाफ कै भए हुने
एकातिर काँडा
अर्कातिर फूल!

कवि हरिभक्त भन्थे
मन त !फलामकै भएहुने
म भन्छु
मन त अाकाश कै भए हुने
एकातिर घाम, जून
अर्कोतिर मेघ बादल!

३.पाहुना
———-
कुनै पाहुना
शुन्तलाको ऐँजेरू
झाँगिए पछि
शुन्तला सखाप।
मालिक पुरिन्छ
र नोकर राज गर्छ।
अर्थात्
मन ।

कुनै पाहुना
माकुराको जालोको
छुनुमनु बटै
उल्टो घरमुलीको
मीठो भोजन।

कुनै पाहुना
रूखको
माहुरी
अाँफु पनि बस्छ
र घरबेटी लाई
सुरक्षा, पहरा दिन्छ

कवि उदय निरौला

हाल सिड्नी अष्ट्रेलिया।

सम्बन्धित शिर्षकहरु