प्रशान्तको किनारमा उभिएर( संस्मरण क्रमश••••••
हिजो घाम बास बसेपछि प्रशान्त !छाडेको थिएँ तिमीलाई अधुरै रअपुरै।राति पनि अाँखाहरू बाटिन ,लट्ठिन र कसिन निकै हम्मे परेको थियो मलाई तिम्रा ती छालहरूका गढ्गढाहटका नादहरू संगित बनेरै अाइरहे कानमा तिमी लाग्छ अाँखामा मात्र हैन कर्ण प्रीय पनि बढ्तै नै छौ।ऐले टुप्लुकिएँ यी घामका छिप्पट उष्णता का किरणहरूसँगै।तिमीले बदलेकी पनि छैनौं किनारा र छोपिहालेकी पनि छैनौ बालुवाको यो ढिकुरो यो हिँउदको न्यानोमा।म उभिएँ तिमी नजिकै र मनका गर्तमा खामिएको मेरो माटोले अग्ल्याएको चाँदी जस्तो हिमाललाई हेरेँ ,लाग्छ बिस्तारै बिस्तारै मेरा हिमालहरूलाई वकासुरहरू, बाणासुरहरू र महिसासुरहरूले थिच्दै थिच्दै निमोठ्दै निमोठ्दै होच्याइरहेछन्,।के नै गर्न सकिन्छ र प्रशान्त म जस्ताहरूले जो तिम्रा सुसाइमा छोपिएर सपनाहरूको संसार बुनिरहेछन् र यति बिघ्न छोपिएर तिम्रा बालुवाको काखमा बालुवै बनेर जीवन यापनको खतरा मोलिरहेछन् ।झोलामा अनेकन् सपनाहरू खाँदेर ,पट्याएर जिजीविषाहरू अनि स्नेही अामाको काखलाई तिलाञ्जलीदिएर सुकुमार इच्छाहरूलाई कुन्ठ्याएर मेरा माटोका निरीह र विवस पात्रहरू धोइरहेछन् तिम्रो फोहर यद्यपि पनि प्रशान्त तिमी पनि उसै छचल्किनु र हल्लनुको तापक्रममा कहाँ !बाटो नै मोड्न सक्छ्यौ र?अँ नगरौं यी कुण्ठित बातहरू म त एक पर्यटक।म त एक घुमन्ते। म एक फिरन्ते।।
अँ म अाखाँमा उहीँ मेरो माटोका शिल्पि घलेबाहरूको कथा सुनाई रहेको थिएँ तिमीलाई प्रशान्त !ती सेतु निर्माण गरिरहेका अविनाशको कथा, गजलबारमा गुन्गुनाईरहेका रवि प्राञ्जलहरूको कथा अनि असंख्य बगैंचामा फुल्नैलागिरहेका अर्किड र लिलीहरूको कथा।
यस्तै क्रममा मैले रगतकै नातापर्ने तर जीवनको २१वशन्तहरू पार गरिरहँदा पनि चिनाजाना नै नभएका एक कथाकार , उपन्यासकार र प्रगाढ अँग्रेजीसाहित्यका विद्वान दाई अर्जुन निरौला लाई एकसाँझ नामसालिङको बाँस झ्याँङका फेदमा भेटेको थिएँ।हुनत उनलाई दाइ गणेश निरौला र दुर्गा शर्माले शिशिरको बतास उपन्यासमा मलाई चिनाएकै हुन्।तर पनि सामिप्यताको नजिक मैले पुग्ने अवशर पाएको थिइन।उनले उनको रातसँगसँगै र घाम डुबेपछि नामक कथासंग्रह र उपन्यास पनि मलाई दिएका थिए र अद्धपि मसँग शुरक्षित छँदैछ।यिनलाई नेपाली साहित्यका फाँटमा उनै अविनाशको सेतुले जोडेको छ।यसरी प्रशान्त – अविनाशले।अनेकन् कार्यहरू गरेकाछन् खै उनलाई प्राज्ञ दिएको ।? खै उनलाई पुरस्कारको डंगुरले थिचेको तै पनि काम त गरिरहेकै छन?हात पाखुरा र कलम चलेकै छन्!
प्रशान्त! थुप्रै छन् मेरो माटोमा उदासीहरू फलेका र फुलेका तर पनि अर्मलेको सेपले ,उसैको जंगलले निमोठ्न सकेका छैनन्, थिच्न सकेका छैनन् र किच्न सकेका छैनन् ।
वर्तमानमा साहित्यका खेतहरूमा बंगुरहरूको फोहर र सलहहरूको डंगुर उठेको छ अामाको गुन्यू च्यातेर , अामाको बुलाकी लुटेर अनि अामाकै नाँगो बान्कीमा साहित्य नामको ठ्यास्फु अामाकै डँडाल्नोमा लाद्नेहरूको अनि बिना गुरूको मन्त्र पढेर भुँइफुट्टा बन्दै सार्हा मिडिया पेवा बनाउनेहरूको तै पनि तुलसीदिवशहरू, विवश पोखरेलहरू र सुदुरतिर मधुपोखरेलहरू कविता गुनगुनाईरहेकै छन् थुप्रै कुन्ताशर्माहरू कविता कुँदि रहेकैछन्।यस्तो छ प्रशान्त!मेरो माटोको सुवाश कतै तिमीले पर्र्फुयुम गिफ्ट नपठाए पनि जाई, चमेली अनि सुनक्यावरा र कनखचम्पाहरू मिठो अत्तर छरिरहेकैछन् र मग्मगाईरहेकै छ मेरो माटो मग् मग् मग् मग्।कति मग् -मगाएकोछ हिन्दीमा पनि र अँग्रेजीमा पनि सुवास छरिरहेका चन्द्र गुरूङ्हरू पनि मेरै माटोले उमारेका बटबृक्षहररू होइनन् र?सरि !प्रशान्त तिमीलाई के थहा?तिमी त एताबाट फैलँदै बाणासुरहरूको पातालतिर प्रवेश गर्र्छ्यौ, बाटै परेन तिम्रो मेरो माटोको।
सरि!प्रशान्त ।ऐले मेरो माटोमा उब्जिएको बेदको विश्वविद्यालय जर्मनीमा छ र सुन्छु ,खोतलेर बेदका पानाहरू उनीहरू अनेकन विज्ञान र वैज्ञानिकहरू अाविष्कार गररहेछन् र विश्वलाई नै प्रविधिको मुट्ठीमा कैद गरिरहेछन् नासा पुगेर अर्को ,अर्को रअर्को ब्रम्हाण्डको सफर गरिरहेछन् मेरो माटोमा भने साँम्प्रदयिक धर्मका मठाधिशहरूले बेदका पनाहरूलाई कित महाराजधिराजहरूका बङ्गारा र कच्छाड
कैद गर्ने म्युजियममा सँगैराखेकाछन् कित किरियागर्ने गराउनेहरूलाई दिएर कर्मकाण्डको खण्ड बनाएकाछन् ।धर्म नामको सम्प्रदायको एक खण्ड बनाएर हुर्काएकाछन्।अनि जनताले चुनेका निरोहरू बाँसुरी फुकेर बसेकाछन् , सुतेकाछन् र उता रोम जलिरहेकै छ निरन्तर !निरन्तर !उनीहरू चुपचाप हरिरहेकाछन् चुपचाप।
उफ्!प्रशान्त! यी वेदनाहरूको साँझले मेरो माटो पँहेलै पोतिएको छ,हलेदो र बेसार बनेको छ, र पारिजात दिदीले भनेजस्तो निकोटिन ग्रस्त छन् मेरा माटाका अौंलाहरू।कसरी खोस्रनेहुन् खेत ,वारि र अालीकान्लाहरू ,कसरी छिचोल्नेहुन् घुम्ती र पच्याँङ्हरू।
ऐले प्रशान्त! म यो कोरोना कैदमा तिम्रै किनारामा उभिरेको छु र हेरीरहेछु त्यो तिमीले हुर्काएकी अनि पालेकी छुच्चो सिइगल बाजलाई र उस्को पर्यटकलाई जिस्काउने कला र खनेकुरा खोस्ने तिखा नङ्ग्राहरू।कति सुन्दर छ ऊ रूपमा ठ्याक्कै परेवा जस्तो र अाकारमा पनि दुरुस्त परेवै जस्तो तर कहाँ शान्त परेवा र कहाँको अाक्रामक सिइगल मात्र अाका र मुहार उस्तै स्वभाव बिल्कुलै उल्टो ।
सिइगलका पर्याय त प्रशान्त !मेरो माटोमा दुर्योधन र शकुनीहरूका भेडाहरूछन् ।तिमीलाई पर्याप्त ज्ञान हुनुपर्छ, किनकि भेडा पालनपोषणको नगरी तिम्रो किनारामा उभिएको छ ,हुर्किएको छ र संबृद्धितिर लम्किरहेको छ दिनानुदिन लगातार अभिछिन्न।यी भेडाहरूको प्रकृति पनि अनौठो हुन्छ एउटाले भीरबाट हामफाल्यो भने सबै उसकै पछिलागेर जाकिन्छन् र सखाप हुन्छन् ।ऐले मेरो माटोमा यस्तै स्वभावका भेडाहरूछन् तर सम्पन्नता हैन कङ्गालता दिने किनकि ती शकुनि र दुर्योधनका भेडाहरूको नत ऊन छिल्न मिल्छ नत मासु खान तसर्थ यिनीहरू त मेरो देशको माटो नै खाइरहेछन् कतै सुस्तामा कतै लिपुमा र कतै सन्दकपुरमा।केबेर? बिस्तारै बिस्तारै बुद्धको सालनाल बेडाको मेरो मातृभुमीको रुपन्देही र सधैं अस्तित्व सिउरीरहेको सगरमाथालाई पनि भजाईखान अनि उलुकहरूको इच्छा पुर्ति गर्न र पटरानीहरूको व्युटिपालोरको दैनिकी जुटाउन बैनापो गरिसकेका छन् कि? यो कोरोनाकहरमा अनि कसरी चल्नसक्छ र निमुखा अशेषहरूको शेष थिएटर पनि ।
कसरी बल्नसक्छ ?ती घलेबाहरूको चुल्हो । कसरी हिंड्न सक्छन् कवि विमल ईरालाका बिर्खबहादुरहरू। अनि कसरी मुहार फेर्ने “कवि मिनबहादुर विष्टको साला पहाडमे क्या है “कविताले बोलेको पहाडले।यस्तै छ प्रशान्त !मेरा माटाका कविहरूका सुकिला विम्बहरू र प्रतीकहरूको हाल।याँहाका कवि एडम अाइक्टेनहरूको कविता सरकारले किनिदिन्छ प्रशान्त !अनि प्लास्टिककै गमलाहरूको फूलको पनि शौंन्दर्य देखिन्छ हाम्रा माटोका सक्कली अार्किडहरू पनि फिक्का पल्टन्छन् उसै पाँचपातेको रूखमा फुलेर खस्छन् र मर्छन् अनि कविका कलमले पोखेको मसिपनि छापाखाना नदेखी सुक्छ, र कवि बिमल कोईरालाका बिर्खबहादुरहरू पनि उसै बनिबुतोमै जीवन बिताँउछन् अझ यो कोरोनाको जंगल घना बाक्लिएको बेला त!कम्मरमा पटुका कसेरै कहर काट्न पनि पहाडै भएको शकुनिका भेडाहरूले र धृष्टराष्ट्र कै छोरा त हो! दुर्योधन अनि कसरी देखुन् उसका भेडाहरूले बिर्खबहादुरहरूको मझेरी र कविका कलमहरू।
प्रशान्त !यो हिँउदको घाम पश्चिमी शरहद पुगेर सुनको साँझ पोत्न लागिरहेको बेला तिमीले पनि बायुदेवलाई सुपारी पठाईसकिछ्यौ अव हे कवि! छाड्दे मेरो किनारा भनेर संकेत गरेकीहौली सायद । हुन्छ! हुन्छ !म मनका गर्तमा मेरो माटोको स्वर्णिम हिमाँल पट्याँउदै पट्याँउदै पुन:भोलिको घामको सुखद कल्पनामा तिमीलाई उनै बास बस्ने धुनमा जुटिरहेको सिइगल्सको झुण्डसँगै छाडिदिएकोछु फेरि भेटौंला !प्रशान्त! फेरि भेटौंला।
कवि उदय निरौला
हाल सिड्नी अषट्रेलिया ।






