कोटेश्वर-कलंकी सडकमा थप ६ आकाशे पुल

काठमाडौं । पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ ।

कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने योजना सरकारको छ ।

सरकारले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना,सानेपा, बल्खु खसीबजारमा आकाशे पुल निर्माण गर्न लागेको आजको राजधानी दैनिकमा खवर छ ।

सम्बन्धित शिर्षकहरु