भदौं १३, काठमाडौं । नेपाल शाकाहारी संघको आयोजनामा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय शाकाहारी सम्मेलन हुने भएको छ । सम्मलेन भदौ २३, २४ र २५ गते महेन्द्र पुलिस क्लबको सभाकक्षमा हुने भएको हो ।
यस सम्मेलन एशिया प्यासिफिक भेजेटेरियन कंग्रेसको ८ औँ संस्करण हो । सम्मेलनमा करीब ३०० जना राष्ट्रिय प्रतिनिधिहरू, १५० जनाअन्तर्राष्ट्रिय प्रतिनिधिहरू र १० हजार जनाको सहभागीहरूको सहभागिता रहने अनुमान रहेको बताईएको छ ।








