छतबाट खसेर मणिपाल अस्पतालका डाक्टरको मृत्यु

असार २० । पोखरा,मणिपाल शिक्षण अस्पताल पोखरामा इन्टर्न गर्दै गरेका चिकित्सक अनिमेश ठाकुरको रहस्यमय मृत्यु भएको छ । महोत्तरीको ढिरापुर घर भइ मणिपालमै एमविविएस सकेर इन्टर्न गर्दै गरेका २५ वर्षका ठाकुरको गएराती करिब पौने १० बजे अस्पतालको होस्टलको छतबाट खसेर मृत्यु भएको हो ।मृतक अनिमेश स्वास्थ्य मन्त्रालय अनुगमन महाशाखा प्रमुख डा.गरिबदास ठाकुरका छोरा हुन् ।
इन्टर्न गर्दै गरेका अन्य साथीहरु र उहाका बुवाले अनिमेशको हत्या भएको बताएका छन् । तर प्रहरीले भने आत्महत्या गरेको हुन सक्ने बताएको छ । यद्यपी प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । मृतक अनिमेश र उनकी प्रेमिकाबीच केही दिनदेखि विवाद भएपछि उहाले आत्महत्या गरेको हुनसक्ने प्रहरी श्रोतको भनाइ छ । तर अनिमेशका साथीहरुले भने अनिमेशले आत्महत्या गरेको नभइ कसैले धकेलेर हत्या गरेको बताएका छन् । अनिमेशका बुबा डा. गरिबदास ठाकुरले भने कसैले हत्या गरेको हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनु भएको छ ।
मृतक अनिमेशको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

सम्बन्धित शिर्षकहरु