अग्नि पराजुलीको सांगीतिक कोसेली ‘ओठवाली’, सोनिका-दुर्गेशको रोमान्स (भिडियो)

काठमाडौं । चर्चित गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ बजारमा आएको छ । समधुर आवाजका धनि सिग्देलको आवाज रहेको गीतका शब्द अमेरिका बस्ने गजलकार अग्नि पराजुलीको दोस्रो सांगीतिक कोसेली ‘ओठवाली’ हो ।

बिछोडमा रहेका युवा जोडीहरुलाई परिवारको सम्झना कति धेरै हुन्छ र एक्लै समय बिताउन कति गार्हो हुन्छ भन्ने भावलाई मनोरञ्जनको माध्यमबाट पराजुलीले देखाएका छन् ।

आफ्नो परिवारको भविष्यका लागि परदेशिनेहरुको सपना र श्रीमतीको इच्छालाई गीतमा समेटिएको छ।

संगीतकार चण्डी काफ्ले, एरेन्जर साहस शाक्य र गायक राज सिक्देलको आवाजमा रहेको यो गीतमा प्रेम र रोमान्सलाई नयाँ तरिकाबाट देखाउन खोजिएको छ। ओठवालीमा संगीत चाँदनी प्रसाद काफ्लेको रहेको छ ।

यस गीतको भिडियोमा चर्चित गायक एवं मोडल दुर्गेश थापा र सोनिका रोकायाको बेजोड अभिनय रहेको छ । गीतलाई निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीतमा भएका सुन्दर दृश्यहरु खिच्ने काम नवराज उप्रेतीले गरे भने सम्पादन नविन निरौंलाको रहेको छ ।

सम्बन्धित शिर्षकहरु