विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज काठमाडौं उपत्यका शाखा विस्तार

नेत्र पण्डित-असनेपाल न्युज/ काठमाडौं । विश्व शान्ति तथा अध्यात्मक विज्ञान समाज The Global Society for Peace and Spiritual Science Incorporated (GSPSS) को काठमाडौं उपत्यका शाखा विस्तार भएको छ ।

विश्वका १४ भन्दा धेरै देशमा आफ्नो शाखा विस्तार गरि नेपाली समुदायबाट खुलेको संस्थाहरुमा संयुक्त राष्ट संघमा समेत दर्ता हुने हैसियत सो संस्था काठमाण्डौंमा समेत शाखा विस्तार गरेको पदाधिकारीहरु बताउंछन्।

विश्वको विभिन्न देशमा मानवता, सकारात्मक सोच,योग, ध्यान पूर्विय दर्शको विज्ञान प्रर्वद्धन गर्दै हजारौ र लाखौ-लाखलाई संन्जालमा गाँस्न यो अभियान सफल भएको छ ।अभियानले अन्य जिल्लामा झैं सकारात्मक जीवन प्रेमिहरुको अनुरोधमा यस्तो सन्जाल विस्तार गरेको सो संस्थाले जनाएको छ ।

जस अनुसार अध्यक्षमा सीता कोईराला, उपाध्यक्षमा भवानी धिताल, द्दित्तिय उपाध्यक्षमा सृजना खतिवडा, सचिवमा सुजनकुमार पराजुली, कोषध्यक्षमा भवानी धिताल, सदस्य सचिवमा यादब पौड्याल, सदस्य टंक पन्त, पार्वती तिमल्सिना र सरिता अर्याल,गीता वलि , राम सन्जेल लागयतका योग तथा अध्यात्म प्रशिक्षकहरु,अध्यता , चिन्तक र विश्लेशकहरु हुनुहुन्छ । यसैगरि यो अभियानमा  अन्य  १ सय ५१ भन्दा बढिको साधारण सदस्यता रहेको छ ।

उक्त समाजले काठमाडौमा योग,ध्यानको गतिविधी, पूर्विय दर्शनको संरक्षण राष्टियताको जर्गेना, विश्व मावन समाजलाई बन्धुत्व र भातृत्वमा जोड्नको लागि विविध गतिविधी सम्हाल्नेछ ।

विश्व शान्ति तथा अध्यात्मक समाजको अस्ट्रेलियामा दर्ता रहेको छ । १० वर्ष अघि नेपाली योगी तथा सकारात्मक सोचका अभियन्ता बाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तकहरु जोडिएका छन्। ।संयुक्त राष्टसंघबाट अनुमोदन भएको अन्तर्राष्ट्रिय छाता संगठन हो । यसले विश्वमा बढ्दै गईरहेको हिंसा , तनाव तथा विभेद जस्ता कार्यक्रमलाई रोक्ने सकारात्मक संबन्धि गतिविधि सन्चालन गरिरहेको छ । ।

सो संस्थाले भारत, क्यानडा,फिजी, अमेरिका,बेलायत, स्पेन,युरोको विभिन्न देशहरु कोरिया, कतार, दुबई लगायत १४ भन्दा धेरै देशमा आफ्नो शाखा विस्तार गरिसकेको छ ।

 GSPSS..org.au  वेबसाइट रहेको संस्थाले विश्व बन्धुत्व,सहृदयता विस्तार प्रवर्द्दन गतिविधी सञ्चालन गर्दै आईरहेको छ ।  ऐतिहासिक रुपमा योग सम्मेलन गरेर हरेक वर्ष योग दिवस मनाउने मात्र नभई विश्वका विभिन्न क्षेत्रका पादरी ,ईमाम , प्रवचक तथा विभिन्न क्षेत्रमा धार्मिक अगुवा, सकारात्मक सोचका अभियान्ता तथा पूर्विय दर्शनका विज्ञहरुलाई जमघट गराउँदै तर्क बहश र सैदान्तिक प्रस्तुतीहरुलाई अगाडी बढाउँदै आएको छ ।

नेपालको पूर्वअञ्चल, पश्चिमाअञ्चल, मध्यपश्चिमाअञ्चल,काठमाडौं उपत्यका तथा शाखा विस्तार भै सकेका छन् । यसमा जोडिको लागि  GSPSS..org.au  मा गएर ‘मेम्बरसिपआइकोन दवाएर ‘सदस्यता लिन पनि सकिनेछ । विश्व मानव जागरण्को लागि नेपाल र नेपालीबाट चालिएको यो कदम विश्व सकारात्मक प्रेमीहरुद्धारा सम्मानित हुंदै आएको छ  ।

संन्स्थापक अध्यक्ष सकारात्मक सोचका अभियन्ता ,अन्तर्राष्ट्रिय उत्प्रेरक आचार्य राजन शर्मा रहनु भएको छ । यो अभियान मार्फत विभिन्न देशमा ५०० योग प्रशिक्षक, हजारौंको जीवन परिवर्तन , लाखौं-लाखलाई प्रेरणा मिलेको तथ्य यस अभियान मार्फत प्रसारमा ल्याईेएका बिभिन्न भिडियो ,सेमिनार ,प्रशिक्षणले देखाएको छ ।

विश्व शान्ति र विज्ञान समाजले विश्वका लाखौंं लाखलाई जीवन रुपान्तरण गराएको भिडियो ‘लिङ्क ‘यहां बाट हेर्न सक्नु हुनेछ ।

https://www.youtube.com/user/bhimsensap/videos

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS)का विभिन्न देशका केहि झलकहरु :

 

 

सम्बन्धित शिर्षकहरु