जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि

काठमाडौं । नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। हिजो भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जोकोभिक च्याम्पियन बनेका हुन्। जोकोभिकले पाँचौं वरियताका थिमलाई ६–४, ४–६,२–६,६–३ र ६–४ को सेटमा पराजित गरे।

यससँगै जोकोभिकले आठौं पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भए। उनको यो करियरको १७ औं ग्राण्डस्लाम उपाधि हो। यस अघि सेमिफाइनलमा स्विस टेनिस स्टार रोजर फेडेररलाई हराएर जोकोभिक फाइनल पुगेका थिए। यस्तै थिमले एलेक्जेन्डर जेभरेभलाई हराएर फाइनलमा स्थान पक्का गरेका थिए।

सम्बन्धित शिर्षकहरु