इरान-अमेरिका तनाव: शान्ति मिसन युनिटलाई सतर्क रहन नेपाली सेनाको निर्देशन

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ती स्थापनार्थ खटिएका आफ्ना कर्मचारीलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

इरान-अमेरिका तनावबीच त्यस क्षेत्रमा रहेका आफ्ना शान्ति मिसन युनिटलाई सतर्क रहन निर्देशन दिएको नेपाली सेनाले जनाएको छ।

इरानको किर्कुक र एर्बिलस्थित यूएन बेसमा रहेका ‘नेपाल गार्ड युनिट’का सैनिकलाई सुरक्षा सतर्कता अपनाउन भनिएको नेपाली सेनाद्धारा जारि विज्ञप्तीमा उल्लेख छ।

आफ्ना उच्च सैन्य कमाण्डरको हत्याको प्रतिशोध लिने धम्की दिएको इरानले इराकमा रहेको अमेरिकी सैनिकको बेसक्याम्पमा मंगलबार राति एक दर्जनभन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

लेवनान र सिरियामा तैनाथ शान्ती मिसनका नेपाली सेनाका युनिटहरुलाई विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वाटर र श्री शान्ति सेना सञ्‍चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिइएको नेपाली सेनाद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ। नेपाली सेनाका अनुसार इराकमा तैनाथ सबै नेपाली सेना सकुशल रहेका छन्।

सम्बन्धित शिर्षकहरु