उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री यादवलाई हार्टअट्याक

काठमाडौं । प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई हार्टअट्याक भएको छ । हार्टअट्याक भएपछि उनलाई  अस्पताल भर्ना गरिएको छ । गृहजिल्ला सर्लाहीमा शनिबार  हार्टअट्याकले  ढलेर बेहोस भएका मन्त्री यादवलाई तत्काल उपचारका लागि काठमाडौं ल्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

मन्त्री यादवको बाँसबाँसरीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षकहरु