के अस्ट्रेलियामा नेपाली मन्त्री सहितको टोलीलाई प्रहरीले रोकेकै हो !

सन्जीव अर्याल, सिड्नी । नेपाल भ्रमण वर्षको प्रचार सामग्री सहितको र्‍यालीले सिड्नीमा कार्यक्रम सम्पन्न सक्ना साथ आयोजक हरुले सोच्दै नसोचेको समाचार सामाजिक सन्जालमा भाईरल बन्यो ।

‘नेपालका मन्त्री सहितकोर्‍यालीलाई प्रहरीले रोक्यो’ , आदि आदि। सकारात्मक समाचार कसलाई पढ्न फुर्सद हुनु । तर नकारात्मक समाचार फैलिन बेरै लागेन अस्ट्रेलियाको डंढेलो जस्तो ।
नेपाल भ्रमण वर्षको प्रचार होला भनेर र्यालि निकालिएको झन् नराम्रो झ्यालि पिटिए छ :अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले असनेपालन्युजसँग दु:खेसो राखे ।

भएको के रहेछ त !

सिड्नी सिटीमा जब र्‍याली र शुभारम्भ सम्पन्न भयो तव अस्ट्रेलियाकै पाहिचान ओपेरातर्फ र्‍याली अगाडि बढ्यो । ओपेरा तर्फ प्रस्थान गर्दै गर्दा त्यहांका सुरक्षा कर्मिले सोध पुछ गरे । काउन्सिल सँग अनुमति लिएर मात्र जानु । “यो व्यापारिक प्रवर्द्दन जस्तो रहेछ तसर्थ जानेनै भए , प्रचार सामाग्री नलीई जानु नत्र मिडियाले यसको फोटो मार्फत दुरुपायोग गर्न सक्लान । ”

ती भन्नेहरु प्रहरि थिएनन् वरु सुरक्षा गार्ड मात्र थिए र उनिहरुले आफ्नो जिम्वेवारि निभाए । र्यालि आयोजकहरुले अब शहर घुमिसकियो बरु अनुमति मागेर थप प्रकृया लम्ब्याउंनु भन्दा र्यालि यहिं विसर्जन गरौं भन्दै र्यालिको त्यहिं समापन भयो । र भ्रमण वर्ष र्यालि सफल सम्पन्न भएको आयोजक वक्त्ताहरुले घोषणा गरे । तर घोषणाको २ मिनेटमै नसोचेको समाचार भाईरल बन्यो ।
यस विषयमा न्यु साउथ वेल्सका महावाणिज्य दुत दीपक खड्काले असनेपालन्युज सँग भन्नुहुन्छ ” कुरा तिलको पहाड हैन , शुन्य लाई पहाड नै बनाईयो दु:ख लाग्यो । हामीले काउन्सिल बाट अनुमति लिएको पत्र हामी सँगै छ , प्रहरिले रोकेको नभएर सुरक्षा गार्डले प्रचार सामग्रि नलीई जानुहोस् मात्र भनेको थियो , यति सानो

कुरालाई बङ्याएर अर्कै भनियो तर त्यस्तो होइन “।
के र्यालि हुनै सकेन त ?
नेपाल बाहिरबाट नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने उदेश्य सहित बिशेष कार्यक्रम सहित अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण बर्ष २०२० बिबिध कार्यक्रम सहित उद्घाटन सम्पन्न भएको थियो ।

७ जनवरी मंगलबारको दिन बिहान ११ बजे सिड्नीको ब्यापारिक एबं पर्यटकिय केन्द्र सर्कुलर कि मा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले संयुक्त रुपमा नेपाल भ्रमण वर्षको शुभारम्भको उद्घाटन गरेका थिए ।

शुरुमा नेपालका पर्यटनमन्त्री भट्टराईले आफ्नो भ्रमण बर्ष उदघाटन बक्तब्यको सुरु मै अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनता अष्ट्रेलियाको यो दुःखमा साथमा रहेको बताएका थिए ।

उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न पनि आग्रह गरेका थिए । न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडीले अष्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताउदै नेपाल भ्रमण बर्ष २०२० को सफलताको कामना गरेका थिए ।

मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । केही सञ्चारमाध्यममा उक्त कार्यक्रमलाई प्रहरीले रोकेको समाचार प्रकाशित भएपछि मन्त्री भट्टराईले लेखेका छन्—‘भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ।”

के ओपेरा अगाडि नेपाली लाई कहिल्यै कार्यक्रम गर्न दिएकै छैन त ?

अस्ट्रेलियामा एक नेपाली उत्प्रेरक तथा योग प्रचारक आचार्य राजन शर्मा (भीमसेन सापकोटा )  ले हरेक वर्ष नेपाली लाई मात्र हैन विदेशिलाई समेत लगेर ओपेराकै अगाडि ब्यानर नेपाल प्रचार र योगप्रचार गर्ने गरेका छन्। सन्न २०१६ मै उनले यो नयाँं किर्ती नेपाली समुदायमै पहिलो चोटि राखि सकेका हुन्।

यस बिषयमा उहां भन्नु हुन्छ ; “अस्ट्रेलियामा हरेक स्थानमा हामी योग र उत्प्रेरणात्मक प्रदर्शनि गर्छौं तर पूर्व अनुमति लिएर । अनुमति लिएको खण्डमा कहीं कतै रोकतोक हुंदैन , नेपाली हुन् वा विदेशि यहाँं कसैलाई विभेद हुंदैन मात्र नियम पुर्याए पुग्छ “।
यस र्यालिमा सरकारि प्रतिनिधि नै सहभागी बनेकाले काउन्सिल बाट अनुमति नलिएको भन्ने कुरै आउंदैन बरु ओपेरको प्राङ्गणमा भने प्रचार सामाग्री नलीईकन जान हामीलाई अनुरोध गरिएको हो “आयोजकको भनाइ थियो ।

अस्ट्रेलियाको जुन सुकै साथानमा सार्वजनिक कार्यक्रम गर्दा स्थानिय काउन्सिलको अनुमति लिनै पर्ने हुन्छ तर ओपेरा हाउस थप संवेदनशिल भएकाले यहाँं योग शिविर तथा अन्य कार्यक्रम गर्दा भने विशेष विमा “प्रोफेशनल इन्डेमनिटी इन्सुरेन्स ” गर्ने गरिएको आचार्य राजन शर्मा बताउंनु हुन्छ ।

सहभागि मध्येका एक प्रत्यक्षदर्शी  कैलाश प्रधान भन्नु हुन्छ ” पालेहरुले ब्यानर लिएर जान चै मिल्दैन भनेका हुन् तर अर्कै समाचार आएछ , आखिर देशको इज्जत राख्नेकुरा मात्र आएको भए आफ्नै देशको भलाई हुने थियो “.

सम्बन्धित शिर्षकहरु