अष्ट्रेलियामा न्यु साउथ वेल्स राज्यसरकारले विवाह दर्ताको निषेध हटायो(भिडियो सहित )

असनेपालन्युज , सिड्नी । न्यु स्वाउथ वेल्स सरकारले विवाह दर्ता गर्नमा लगाएको प्रतिवन्धलाई फुकुवा गरेको छ ।कोभिडका कारण जुन २६ देखि लगाएको प्रतिबन्ध फुकाउंदै सेटेम्बर ४ बाट खुला गरेको हो । तर विवाहका लागि विवाह दर्ता अधिकारिले विशेष सुरक्षा सावधानि अपनाउंनु पर्ने न्यु साउथ राज्य स्टेट सरकारले आफ्नो वेबसाईटमा राखेको छ ।विवाह गर्ने दम्पत्तिले मास्क अनि

वार्य लगाउंनु पर्ने , सामाजिक दूरि कायम गर्नु पर्ने ,सेलेब्रन्टले बार कोड लिनु पर्ने, सिमित सन्ख्यामा मात्र उपस्थित हुनु पर्ने जस्ता नियम उल्लेख छ  ।नेपाली समुदायमा सबै भन्दा लामो समय देखि निरन्तर’सिभिल म्यारिज सेलेब्रेन्ट’ सेवा प्रदान गर्दै आउंनु भएका अधिकारिक सिभिल सेलेब्रेन्ट आचार्य राजन शर्मा अर्थात भीमसेन सापकोटा भन्नुहुन्छ : विध्यार्थी प्रवेषाज्ञा ‘स्टुडेन्ट भिषा’लाई आश्रित प्रवेषाज्ञा ‘डिपेन्डेन्ट भिषा’ मा परिणत गर्न चाहने हरुको कागजि प्रकृया रोकिएको र यसले उनिहरुको अध्ययनको शिलशिलामै फरक पारेकोमा अब भने यो सबैको लागि खुसीको खबर बनएको छ । यस्तै कानुनि रुपमा विवाह गर्नै पर्ने जोडिहरुले समेत आ-आफ्ना व्यवहार सन्चालन गर्न यसले सघाउं पुर्याएको उहां बताउंनु हुन्छ ।विवाहलाई कानुनि रुपमा दर्ता गर्न इच्छुक जोडिले १ महिना अगाडि नै तोकिएको आवेदन भरेर कानुनि रुपले अनुमति पाएका ब्यक्ति ‘सिभिल सेलेब्रेन्टलाई सूचित गर्नु पर्ने हुन्छ । कागजि प्रकृया पुरा भएपछि मात्र यसरि सुचना प्राप्त भएको एक महिना पछि औपचारिक रुपमा विवाह दर्ता हुने आचार्य राजन शर्मा बताउंनु हुन्छ । यस्तै सरकारले शुक्रवार उप्रान्त विवाहको निषेध हटाए पनि संन्ख्या भने ५ जना मात्र सिमित गरेको छ । पार्टि भोज गर्न नपाउंने भए पनि विवाहको कानुनि प्रकृया भने नरोकिने बताएको छ ।यस अघि विवाह गर्न रोक तथा सम्बन्ध विच्छेदलाई भने खुला गरिएकोमा अब देखि विवाहको लागि पनि निषेध खुला गरिएको छ । यस विषयमा कुनै दुविधा रहेमा वा विवाह सम्बनन्धि नि:शुल्क कानुनि सल्लाह चाहिएमा नेपाली समुदयका पुराना ‘सिभिल म्यारिज सेलेब्रेन्ट भीमसेन सापकोटालाई यो नम्बर 0434570379 मा  संपर्क गर्न सकिने छ ।

विवाह दर्ता गर्नका लागि आवश्यक आवेदनलाई यो लिङ्कबाट लिना सकिने छ ।
सरकारले घोषणा गरेको भिडीयो हेर्न यहाँं क्लिक गर्नु होला । 

विवाहका लागि प्रकृया र कागजात के के छन् त यो त यो लिङ्कमा हेरौं ।

नेपालीमा विवाह सम्बन्धि जानकारिको भिडियो यस्तो छ :

https://youtu.be/2OvKdNSx8lY

 

 

 

 

 

सम्बन्धित शिर्षकहरु