उपप्रधानमन्त्रीद्धारा नेपाली रामचरितमानसको विमोचन

काठमाडौं । गोस्वामी तुलसीदासले १६ औं शताब्दीमा रचना गरेको विश्वकै सुन्दरतम काव्य नेपाली श्री रामचरितमानसको विमोचन गरिएको छ ।

हरिहर मन्दिर धापासीमा भव्य समारोहका बीच उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल आचार्यले विमोचन गर्नु भएको छ ।

तुलसीरामद्वारा नेपालीमा समछन्द र समशैलीमा अनूवादित नेपाली रामचरितमानसलाई हरिहर सन्यास आश्रम देवघाटले प्रकाशन गरेको थियो ।

मन्दिरका अध्यक्ष श्री दिवाकर दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली रामचरितमानस माथि प्रकाश पार्दै माननीय उपप्रधानमन्त्री तथा पोख्रेलज्यूले हरिहर आश्रमको यस प्रकाशनले नेपाली समाजलाई ठूलो गुन लगाएको बताए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। श्री जजमान गुरुंगले नेपालीमा रामचरितमानसको इतिहासलाई केलाउँदै प्रस्तुत ग्रन्थले नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

भारतीय राजदूतावासको प्रतिनिधित्व गेका प्रा. केदारनाथ शर्माज्यूले भारतीय राजदूतावास, महामहिम राजदूत र भारतीय जनताको तर्फबाट शुभकामना व्क्त गर्दै भारतमा तुलसीदासले रचित यो ग्रन्थ नेपालमा तुलसीराम ले अनूदित हुनु अनौठो संयोग परेको उल्लेख गरे ।

भारत मा जसरी रामचरितमानसको लोकप्रियता र अनुष्ठेयता छ त्यसै गरि नेपालमा पनि नेपाली रामचरितमानसले लोकप्रियता प्राप्त गरोस् घर घरमा यसलाई गाइयोस् भने ।

कार्यक्रमको समुद्घाटन परमानन्द संस्कृत गुरुकुलम् का वटुकहरुबाट स्वस्तिवाचन सहित प्रमुख अतिथिले पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए ।

सम्बन्धित शिर्षकहरु