काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रस्टले बीपी साहित्य सम्मान पुरस्कार साहित्यकार वैरागी काइँलालाई प्रदान गर्ने भएको छ । यसको राशि १ लाख १ हजार रुपैयाँ छ । काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति हुन् ।
सेनानी सम्मान पुरस्कार सप्तरीका मधुकान्त सिंहलाई दिने निर्णय भएको ट्रस्टले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यसको राशि भने ५१ हजार रुपैयाँ छ । यी पुरस्कार भदौ २४ गते बीपी जयन्तीका अवसरमा काठमाडौंमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने महासचिव रामचन्द्र पोखरेलले जनाएका छन् ।






