काठमाडौं । उच्च सुरक्षा अधिकारीसहित ९ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ । यस घटनाको मुख्य दोषीको रुपमा लिइँदै आईएको सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाईएको हो । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले यस्तो फैसला गरेको हो। यस्तै उक्त घटनामा ३ जनाले सफाइ पाएका छन्। अन्य १२ जना ३ वर्ष कैदको सजायपछि छुट्नेछन्।
लक्ष्मण थारुले यो कैद भुक्तान गरिसकेकाले उनी आजै रिहा हुने भएका छन् । प्रतिवादीहरूको वतनको अस्पष्टता लगायत विभिन्न कारणले सो घटना ढिलाइ भइरहेको थियो। थरुहट/थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो। घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सदस्य चौधरीसहित ५८ जनाविरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो।








