महेश्वर शर्मा,सिड्नी अष्ट्रेलिया,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलिया द्वारा आयोजित मदन पुरस्कार प्राप्त चर्चित युवा साहित्यकार अमर न्यौपाने संगको साहित्यिक रात्रि भोज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमीरेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा चर्चित युवा साहित्यकार अमर न्यौपानेलाई अभिन्नदन गरियो ।न्यौपानेले नेपाली साहित्यमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उँहालाई अभिन्नदन गरिएको हो।

अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमीरे र पूर्व अनेसास अध्यक्ष महेन्द्र पौडेले संयुक्त रुपमा सम्मान पत्र र खादा लगाई सम्मान गरेका थिए।कार्यक्रममा चर्चित युवा साहित्यकार अमर न्यौपानेले मदन पुरस्कार प्राप्त सेतो धरतीका केहि अंशहरु सुनाउनुभएको थियो।कार्यक्रममा बोल्दै साहित्यकार न्यौपानेले प्रवासको यो ब्यस्त समयमापनि नेपाली साहित्यलाई माया गर्ने सम्पूर्ण साहित्यकारहरु प्रति खुशि व्यक्त गर्नु भएको थियो।साहित्यकार न्यौपानेले आयोजक अनेसास प्रति आभार प्रकट गर्दै धन्यबाद दिनुभयो।
सालिन स्वभावका धनि न्यौपानेले आफ्नो साहित्यिक प्रस्तुती बाट सबैलाई मन्त्रमुग्ध बनाई सबैको ध्यान आफुप्रति केन्द्रित गराउनु भएको थियो।कार्यक्रममा एनआरएन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन,डा नारायण प्रधान,अनेसास अष्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र पौडेल,साहित्यकार सुर्यप्रकास जमरकटेल रेडियो हिमालयनका प्रमुख प्रस्तोता तथा साहित्यकार टिका कार्कि,युवराज भट्टराई,दिवाकर काफ्ले,साहित्यकार हरु निष्प्रभ सजी,सुरेन्द्र दवाडी,आलोक कोईराला,नेपाली पत्रका सम्पादक ऋषि आचार्य,गजलकार जितेन्द्र मल्ल लगायत थुप्रै साहित्यकार तथा साहित्यप्रेमि महानुभावहरुको सहभागिता रहेको थियो।साथै सबै साहित्यकारहरुले आ-आफ्नो रचना सुनाएका थिए।
अनेसास अष्टेलियाकी अध्यक्ष सानु घिमीरेले कार्यक्रममा सहभागिता जनाई कार्यक्रम सफल बनाउने सबै प्रति आभार प्रकट गर्दै धन्यबाद व्यक्त गरेकि थिईन।कार्यक्रमको संचालन अनेसास अष्टेलियाका महासचिव महेश्वर शर्माले गरेका थिए।साथै सो कार्यक्रममा संस्थाका सचिव दिपक निरौला,कोषाध्यक्ष ममता तिवारी,सदस्य सिद्दि विनायक अधिकारी र ईन्द्र आचार्यको सक्रिय सहभागित रहेको थियो।कार्यक्रम १८ मार्केट स्ट्रिट रकडेलमा शनिबार साँझ ६ बजे बाट सुरुभएको थियो।









