संघीय संसदको लोगो परिवर्तन गरिने


काठमाण्डौ, राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले संघीय संसदकोे लोगो परिवर्तन गर्ने निर्णय गरेको छ ।

विगतमा छलफल भएभछि संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने निर्णय अहिले गरिएको हो ।

राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नु पर्ने भएकाले समितिले सो निर्णय गरेको हो ।

संघीय संसद सचिवालयका दिएको जानकारी अनुसार सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको गरिएको हो ।

संघीय संसदका दुवै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा

अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ। बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ ।

१२ गते मुस्लिम समूदायको चाड इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो।

सम्बन्धित शिर्षकहरु