काठमाडौं । प्रतिनिधिसभा नियमावली, २०७५ पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ बहुमतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पाखरेलले नियमावली पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । नियमावलीको विपक्षमा सांसदहरु प्रेम सुवाल र दुर्गा पौडेलले मतदान गरेका थिए ।
यसअघि निलम्बनको ब्यवस्था हुनुपर्ने माग राख्दै संशोसन हाल्ने सांसदहरुले समेत संशोधन फिर्ता लिएपछि नियमावलीमा निलम्बन भन्ने शब्द नराखेको हो। यो ब्यवस्थाले फौजदारी अभियोगमा थुनामा रहेका सांसद माननीयकै रुपमा रहने भएको छ। नियमावली लामो समय विवाद भएर रोकिएको थियो।








