साहित्यकार ममता तिवारीको कविता सङ्ग्रह “जीवनका तरङ्ग ” सिड्नीमा लोकार्पण।

अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आउनुभएकी साहित्यकार ममता तिवारीको कविता सङ्ग्रह “जीवनका तरङ्ग ” सिडनीमा लोकार्पण भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा आज रकडेल स्थित हिमालयन पाकिस्तानी इन्डियन रेस्टुरेन्टमा एक विशेष समारोहबिच पुस्तक लोकार्पण गरिएको हो।सो कार्यक्रममा एन आर एन ग्लोबलकि संरक्षक इन्द्रा बन, एन आर एन ओसियानाका संयोजक धर्म अधिकारी,अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा,अनेसास एन एस डब्लु अस्ट्रेलियाका अध्यक्ष महेश्वर शर्मा तथा स्रस्टा ममता तिवारीका बुवा आमा चक्रपाणी तिवारी र सुमित्रा तिवारीले संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाका अध्यक्ष महेश्वर शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कृतिकार ममता तिवारीकी आमा सुमित्रादेवी तिवारी तथा बुबा चक्रपाणि तिवारीको विशेष उपस्थिती रहेको थियो।कृतिकार ममता तिवारीले कविता संग्रह “जीवनका तरङ्ग “बाट आफ्ना केहि कविता सुनाउनुभएको  थियो भने सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटाले सो पुस्तकामा समिक्षा गर्नुभएको थिए।

सो कार्यक्रममा कृतिकार ममता तिवारीकी आमा सुमित्रादेवी तिवारी,एन आर एन ग्लोबलकि संरक्षक ईन्द्रा वन,एनआरएन ओसियानाका संयोजक धर्मराज अधिकारी,एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडव्लु स्टेट कर्डिनेटर नन्द गुरुङ्ग,नेपाली कला सस्कृती तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाकी संरक्षक जानकी पौडेल तथा एभ्रेष्ट कम्युनिकेसनका प्रोप्राइटर युवराज भट्टराइ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय सदस्य सानु घिमीरेको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा सबै वक्ताहरुले कृतिकार ममता तिवारीलाई बधाइ दिंदै साहित्यिक निरन्तरताको शुभकामना दिनुभएको थियो।सो कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर जीवा नाथ लम्साल,द नेपाली टाइम्सका सम्पादक सुजित सिग्देल,हिमालयन रेडियोबाट टिका कार्कि,कवि सुरेन्द्र दवाडी,गायक इश्वर पोखरेल,लगायत थूप्रै नेपाली समुदायको उपस्थिती रहेको थियो।

सम्बन्धित शिर्षकहरु

  • विम्ब खोज्न कठिन हुन्छ  :कवि निरौलाविम्ब खोज्न कठिन हुन्छ :कवि निरौला
      कवि उदय निरौला एक हृदयले कवि हुन उनका थूप्रै कविताहरु जीवन्त छन त्यसमध्येको एउटा जीवन्त कविता […]
  • आमा र ‘बा’हरु मृत्‍युले कहिल्यै मर्दैनन् !आमा र ‘बा’हरु मृत्‍युले कहिल्यै मर्दैनन् !
    आमा र 'बा'हरु मृत्‍युले कहिल्यै मर्दैनन् !   तिमीले चुसाएको छात्तिको सिर्का […]
  • कत्तरे माइला: कविताकत्तरे माइला: कविता
    कवि उदय निरौला शीर्षक "कत्तरे माइला" धैर्यतासँग मीत बोले पछि कत्तरे माइलाले मौनताको पाठ सिकेको […]
  • उज्यालो !- सिमा रोशीउज्यालो !- सिमा रोशी
    उज्यालो !  अलीकति बेलुकी डुब्दा कोठामा बत्ति देखीन्छ आकाश खुला छ, चराहरु गाइरहेका छन् अचेल कामकाजी […]
  • सुख पुराणसुख पुराण
    सुख पुराण    न भएर सुख न नभएर सुख न तल पारेर सुख न त टाउकोमा चढाएर सुख ! क्रेडिट कार्डको बिल […]
  • होली:होली:
    महेश्वर शर्मा सिड्नी अष्ट्रेलिया     होली: उता देश रोईरहेको छ देशले रगतको होली […]