बिमस्टेक सम्मेलन आजबाट-एजेण्डा र समझदारीपत्र तयार

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको बिषयलाई आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । चौथो सम्मेलन बिहीबारबाट शुरु हुँदै छ ।

बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ ।

सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ आउँदै छन् । सम्मेलनपूर्व बुधबार बसेको परराष्ट्रमन्त्रीस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डालाई अन्तिम रूप दिएको छ ।, नयाँ पत्रिकामा खबर छ ।

अन्नपूर्ण पोस्टका अनुसार क्षेत्रीय केन्द्र स्थापना गर्ने सहमति, बिम्स्टेक ऊर्जा ग्रिड अनुमोदन, अघि बढाइँदै मोटरभेहिकल सम्झौता, बडापत्रको विज्ञ समूह तयार गर्ने सहमति, आतंकवाद र मानव बेचविखनविरुद्ध सहकार्य गर्ने लगायतका छन् । शिखर सम्मेलनको घोषणापत्र बुधबार बसेको विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको छ । घोषणपत्रसँगै बिमस्टेक ऊर्जा ग्रिड निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने विषय अनुमोदन भएको छ । आतंकवाद, मानव बेचबिखन र अन्तरदेशीय अपराध नियन्त्रणको पछिल्लो व्यवस्थापनबारे सहकार्य गर्ने पनि सहमति भएको छ ।

बैठकले मोटरभेहिकल सम्झौता गर्ने सहमतिबारे प्रस्ताव अघि बढाएको छ । यसको सम्झौता र आधारबारे शिखर सम्मेलनले तय गर्नेछ । यसबाहेक विभिन्न क्षेत्र कोस्टल सिपिङ समझदारी, भन्सार र स्वतन्त्र व्यापार क्षेत्र कार्यावन्यनको पक्षमा समेत छलफल भएर यसको सहकार्य शिखर सम्मेलनमा निधो गर्ने टुंगो भएको छ ।

क्षेत्रीय समृद्धि र विकासका लागि सदस्य मुलुकबीच सहकार्य र साझेदारी नै अहिलेको अपरिहार्यता हो । आपसी समस्या ‘विनविन’ अवस्थामा अडेर समाधान गर्नपर्ने सुझाव समेत एक अर्कालाई दिइएको छ ।
बिमस्टेकको अधिकांश विषय विदेश मन्त्रीस्तरीय बैठकले तय गरेको हो । बिमस्टेकमा व्यापार तथा पारवहनलाई नै जोड दिइएको छ । दिगो यातायात सञ्जाल, विद्युत प्रसारण लाइन अन्तरसञ्जाल र इन्फर्मेसन हाइवेजस्ता क्षेत्रमा गरिने सहकार्य विकासको अर्थपूर्ण ऐक्यबद्धता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा सम्बोधन गर्दै बताए ।
सम्मेलनमा सुरक्षा र प्राकृतिक प्रकोपमा नयाँ रणनीति र ‘बेस्ट प्राक्टिस’ आदानप्रदानमा छलफल हुनेछ ।

सम्बन्धित शिर्षकहरु