बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सलाई

अष्ट्रेलिया । अष्ट्रेलियन बिग बास लिगको उपाधि सिड्नी सिक्सर्सले जितेको छ । पर्थ स्कोचर्सलाई २७ रनले हराएर सिड्नीले उपाधि जितेको हो ।

सिड्नीको यो लगातार दोस्रो उपाधि हो । मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीले ६ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका जेम्स भिन्सले ९५ रन बनाए । त्यस्तै ड्यानिएल क्रिष्टियनले २० तथा कप्तान मोसेस हेनरिक्सले १८ रन जोडे ।

पर्थका जेय रिचर्डसन र एड्र्यू तेइले २र२ विकेट लिए । जितका लागि १ सय ८९ रनको लक्ष्य पाएको पर्थले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रनमात्र बनाउन सक्यो ।

उसका लागि क्यामरुन बेनक्रफ्टले ३० तथा लाइम लिभिङस्टोनले ४५ रन बनाए । सिड्नीका बेन दर्सिसले ३ विकेट लिए । यसअघि सिड्नीले पहिलो संस्करण पनि जितेको थियो ।

सम्बन्धित शिर्षकहरु