सुर्खेतका महिलाहरुको यस्तो विरोध

सुर्खेत, अखण्ड मध्यपश्चिम र प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै सुर्खेतका महिलाहरु पनि प्रर्दशनमा जुटेका छन् । लोकतान्त्रिक महिला सञ्जालको अगुवाइमा सुर्खेतका महिला अखण्ड मध्यपश्चिम र सुर्खेत राजधानी हुनुपर्ने माग गर्दै बुधबार प्रर्दशनमा उत्रिएका हुन् ।

skt

आन्दोलनको एघारै दिन महिलाहरुले प्रदेशको सिमाङकन गर्दा मध्यपश्चिमलाई ३ भागमा विभाजन गरिएको विरोधमा वीरेन्द्रनगरमा विरोध र्‍याली एवं सभा गरेका छन् । उनीहरुले अवैज्ञानिक र अव्यवहारिक सीमांकन खारेज गर्दै समग्र मध्यपश्चिमलाई एउटै प्रदेश बनाउन माग गरे । महिलाहरुले आफुहरुलाई शीर्ष नेताका स्वरुपमा सिंगारेर प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षकहरु