एजेन्सी । आगामी महिना ग्वाटेमाला र कोलम्बिया विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लिओनल मेसी,अग्यूरो, ओटामेन्डि, हिगुआइन अर्जेन्टिनाको टोलीबाट बाहिरिएका छन् । बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसी अर्जेन्टिनाको टोलीमा नपरेपछि समर्थकहरु चकित भएका छन् ।
उनीहरूको स्थानमा इकार्डी, लौटारो मार्टिनेज, जिओभानी सिमिओनीजस्ता युवा खेलाडीलाई मौका दिइएको छ। हालै रूसमा सम्पन्न विश्वकपमा टोलीको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाईसमेत निस्कासन अर्जेन्टिनाले मेसीका विषयमा केही भनेको छैन् ।








