युवा पुरस्कार एमबाप्पेलाई, ह्यारीलाई गोल्डेन बुट,सर्वोत्कृष्ट खेलाडी लुका मोड्रिच

एजेन्सी । विश्वकप २०१८ को गोल्डेन बल अवार्ड क्रोएसियाका कप्तान लुका मोड्रिचले जितेका छन्। विश्वकप फुटबल २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कप्तान मोड्रिचले उक्त अवार्ड हात पारेका हुन्। उनको उत्कृष्ट प्रदर्शन र नेतृत्वमा क्रोएसिया फाइनलसम्म पुगेको हो।

गोल्डेन बुट भने इंग्ल्यान्डका कप्तान एवं स्टाइकर ह्यारी केनले जितेका छन्। उनले विश्वकप २०१८ मा सबैभन्दा धेरै, ६ गोल गरेका थिए। त्यस्तै विश्वकप २०१८ को युवा खेलाडीको उपाधि भने विश्वकप विजेता फ्रान्सका कालियन एमबाप्पे बने। उनले प्रतियोगितामा फ्रान्सका लागि ४ गोल गरेका थिए। १९ वर्षीय एमाबाप्पेले फाइनलमा पनि गोल गरेका थिए।

विश्वकपको उत्कृष्ट गोलकिपरले पाउने गोल्डेन गोल्भ्स भने बेल्जियमका गोल किपर थिबाउट कोर्टोइसले हात पारे। विश्वकप २०१८ को तेस्रो स्थानमा रहेको बेल्जियमका गोलकिपरको प्रदर्शन उत्कृष्ट रहेको थियो। तेस्रो स्थानसम्म पुर्‍याउन उनको भूमिका महत्वपूर्ण रहेको थियो।

सम्बन्धित शिर्षकहरु